Sidha Patra आइतबार, पुष ०६, २०८२

काठमाडौँ । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गरिने समपूरक र विशेष अनुदान कार्यविधिमा संशोधन गरेको छ ।

यसअघि २०८१ पहिलोपटक कार्यविधि स्वीकृत भएको थियो । उक्त कार्यविधिलाई अहिले संशोधन गरिएको हो । अनुदानको परिचालनलाई थप व्यवस्थित, नतिजामुखी र पारदर्शी बनाउन यो संशोधन गरिएको योजना आयोगले जनाएको छ ।

यो संशोधनसँगै अब अनुदानका नाममा नयाँ आयोजना थप्ने होडबाजी भन्दा पनि पुराना र अधुरा आयोजना सम्पन्न गर्नेतर्फ राज्यको ध्यान केन्द्रित हुने उद्देश्य लिइएको छ । संशोधित कार्यविधिको सबैभन्दा महत्त्वपूर्ण र आधारभूत परिवर्तन भनेको क्रमागत आयोजनाहरुलाई दिइएको अनिवार्य प्राथमिकता हो ।

त्यस्तै मूल कार्यविधिमा नयाँ आयोजना र पुराना आयोजनामध्ये कसलाई प्राथमिकता दिने भन्ने विषयमा ठोस व्यवस्था थिएन । जसका कारण पुराना आयोजना अलपत्र पर्ने र नयाँ आयोजनामा बजेट छरिने समस्या देखिएको थियो ।

नयाँ व्यवस्थाले आयोजनाहरु छनोट गर्नुअघि पहिलेदेखि सञ्चालनमा रहेका र बजेट विनियोजन भइरहेका क्रमागत आयोजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्नेछ । पुराना आयोजनाहरूको लागि आवश्यक बजेट सुनिश्चित गरिसकेपछि मात्र बचेको रकममा नयाँ आयोजनाहरुका लागि विचार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

डिजिटल प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै नयाँ कार्यविधिले स्थानीय र प्रदेश तहलाई थप जिम्मेवार र जवाफदेही बनाएको छ । जसअनुसार प्रदेश वा स्थानीय तहले अनलाइन प्रणालीमार्फत आयोजनाको प्रस्ताव पेस गर्दा वा कागजात प्रविष्टि गर्दा त्रुटि गरेमा वा अनलाइन विवरण र भौतिक रूपमा पेस गरिने कागजातबिच भिन्नता पाइएमा त्यसको पूर्ण जिम्मेवारी सम्बन्धित तहले नै लिनुपर्ने उल्लेख गरिएको छ । यसले गर्दा स्थानीय तहले आयोजना प्रस्ताव गर्दा थप गम्भीरता र प्राविधिक शुद्धता अपनाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

त्यस्तै,प्रशासनिक कार्यक्षमता बढाउन सरकारले प्रतिवेदन बुझाउने समयसीमालाई पनि संशोधनमार्फत स्पष्ट र अनिवार्य बनाएको छ । छनोट भएका आयोजनाहरुको सम्पूर्ण विवरण र सोसम्बन्धी जानकारी प्रत्येक वर्षको वैशाख २० गतेभित्र अनिवार्य रूपमा अर्थ मन्त्रालयमा पठाइसक्नुपर्ने व्यवस्था संशोधनमा गरिएको छ ।

यसअघि समयसीमा स्पष्ट नहुँदा बजेट निर्माणको अन्तिम समयमा आएर विवरण संकलन हुने र जसले गर्दा आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनमा अन्योल सिर्जना हुने गरेको थियो । संशोधित कार्यविधिले बजेट अनुशासन कायम गर्न ‘पुरस्कार र दण्ड’ को शैलीमा बजेट रोक्काको प्रावधानलाई कडा पारेको छ । यस अनुसार आयोजनाहरुलाई अनिवार्य रुपमा मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ ।

त्यस्तै यदि कुनै आयोजनाको कागजात अपूर्ण छ वा ठेक्का प्रक्रियामा जानुअघि पूरा गर्नुपर्ने सर्तहरू पालना भएका छैनन् भने अर्थ मन्त्रालयले त्यस्ता आयोजनाको बजेटको अख्तियारी वा निकासा रोक्का गर्ने जनाएको छ । रोक्का गरिएको यस्तो बजेट फुकुवा गर्नका लागि फेरि योजना आयोगको सिफारिस अनिवार्य गरिएको छ । यसले गर्दा स्थानीय तहले कागजात पुर्‍याउन ढिलाइ गरेमा वा प्रक्रिया मिचेमा सिधै बजेट निकासामा असर पर्ने देखिन्छ । यस्तो प्रावधानले स्थानीय र प्रदेश सरकारलाई आर्थिक अनुशासन पालना गर्न र समयमै कागजी प्रक्रिया पूरा गर्न प्रोत्साहन गर्नेछ ।

कार्यविधिले केही व्यवहारिक लचकता पनि देखाएको छ । यदि कुनै आयोजनाको ठेक्का प्रक्रिया अघि बढिसकेको छ तर केही प्राविधिक कागजात पेस हुन बाँकी छ भने सम्बन्धित कार्यपालिका वा मन्त्रिपरिषद्को निर्णय र प्राथमिकताका आधारमा योजना आयोगले त्यस्तो आयोजना छनौट गर्न सक्ने बाटो खुला गरेको छ । तर बजेट निकासाको समयमा भने ती सबै बाँकी कागजात अनिवार्य बुझाउनुपर्ने सर्त राखिएको छ । यसले गर्दा प्रक्रियागत ढिलासुस्तीका कारण महत्त्वपूर्ण विकास निर्माणका काम नरोकिउन् भन्ने सरकारको उद्देश्य देखिन्छ ।रासस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]