
Ssbus
dsbus
Ddhbs
Csbus
Amb
Nssbus7
Syees
Pbu
Gsl
Jsbus
Rbs
syysr
Ratbs
gms
Bksbus5
Gsbus

Wsp
Ssm
Bbbpu
Tsm
Vor
Asm
nsb
Rsb
Hal
Ksm
Gst
Sls
Pvg
Rgu
Rgs
Ggd
Rgu
Sbs
Bbu

Abd
Rpp
Rmb
Syp
Pls
sab
Ptm
Mks
bbt
Gsb
Jmb
Bml
Jmb
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुबिधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन्। उनले भनिन्,‘हामी चुनाव गराउनै लागिरहेका छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ। अबको हाम्रो लक्ष्य चुनाव गराउने हो। चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ।’
त्यस्तै नेम्वाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिए । ‘हाम्रो शुभेच्छा छ, शुभकामना छ,’ उनले भने, ‘चुनाव गराउन सफल हुनुहोस्।’प्रधानमन्त्री कार्कीले नेम्वाङसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राखेकी थिइन् । प्रतिक्रियामा नेम्वाङले चुनावको तयारी गरिरहेको बताएका थिए ।
प्रधानमन्त्री कार्कीले नेम्वाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा राखेकी छन् । उनले भनिन्,‘चुनाव हुन्छ । तयारी अवस्थामा रहनू। तपाइँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ । अनि मात्र देशमा केही न केही हुन्छ। बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरु माथि शासन गरेर हुँदैन। पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ। देश युवाले नै हाँक्नुपर्छ। युवामा साहस हुन्छ, ऊर्जा हुन्छ। उसले साहसिक पाइला पनि चाल्न सक्छ।’
त्यस्तै नेम्वाङले इलाममा बाढी पहिरोका कारण क्षतिग्रस्त राजमार्ग र पुल पुनः निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका छन् । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको उनले जानकारी दिइन् ।रातोपाटी
