
Ksb
Gsb
Bsn
Rks
Ksb
Fmb
jsb
Ssb
Ssb
Rsb
Ppu
Ksb
Usb
Nsb
Tgp
Csb

Hl1
Gsb
Ssb
Usb
Tsb

Rgu
ptl
Nps
दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुरमा चार घरमा आगलागी भएको छ । आइतबार साझ करिब ६ बजेको समयमा गढवा गाउँपालिका वडा नम्बर ७ शान्तिपुर निवासी मनिराम रिजालको गोठ बाट आगो सल्किएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको हो ।
उहाँको गोठबाट शुरु भएको आगोले आफ्नै एउटा घर,नजिकै रहेको उहाँका आमा मिना रिजालको एक घर र कर्ण बहादुर रानाको पनि घरमा आगलागी भएको छ । अहिले घटनास्थलमा लमही र गढवाबाट दमकलका साथै स्थानीय तथा प्रहरीबाट आगो नियन्त्रणमा लिने काम भैरहेको प्रहरीले बताएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि अन्य के कति क्षति भयो भन्ने बिवरण आउँन बाकी छ ।
