Sidha Patra शनिबार, पुष ०५, २०८२

सिराहा । सिराहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २२ ग्राम ब्राउन सुगरसहित ४ जना युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शुक्रबार अपराह्न धनगढी माई नगरपालिका वडा नम्बर ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम र लहान २३ बाट १६ ग्राम ५ मिलिग्राम लागु पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले कसहा–वसन्तपुर भित्री सडक अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका ६ रातामाटाका ३४ वर्षीय सुशील अधिकारीलाई पक्राउ गरेको हो ।

त्यस्तै अस्थायी प्रहरी पोस्ट कसहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले शङ्का लागि ज.१ ह ३९३० नम्बरको अटोमा सवार उनीहरूलाई जाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी,लहान २३ गढिया चोकबाट स्थानीय ३६ वर्षीय विजयकुमार साह र ३१ वर्षीय सुरेन्द्रकुमार दासलाई १६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी ओमप्रकाश पण्डितले जानकारी दिए।

त्यस्तै विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]