
Rgp
Lnp
Usb
ksb
Rgp
Sgp
Lks
Dus
Rgp
Jns
Ggp
Rgp
lnp
Asb
Ggp

lms

काठमाडौँ । सहकारी ठगी प्रकरणमा हिरासतमुक्त भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राजनीतिक दौडधुपमा व्यस्त भएका छन् ।
त्यस्तै उनी (शनिबार) आज आफ्नो निर्वाचन क्षेत्र चितवनमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुँदैछन् । चितवनमा विशेष सम्बोधन रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले बिहान ११ बजे भरतपुरको चौबिसकोटीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
लामो समयको अन्तरालपछि आफ्ना मतदाता र कार्यकर्तालाई भेट्न उनी चितवन जान लागेका हुन् । काठमाडौं फर्किएर शहीद परिवारसँग साक्षात्कार चितवनको कार्यक्रम सकेर लामिछाने आजै काठमाडौं फर्किने तालिका छ । प्रवक्ता झाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिए अनुसार,दिउँसो ३ बजे उनलाई पार्टी केन्द्रीय कार्यालय वनस्थली (घण्टी घर) मा स्वागत गरिनेछ । त्यसलगत्तै उनले ‘जेनजी’ आन्दोलनका शहीद परिवार र घाइतेहरुलाई भेट्ने कार्यक्रमको सुरुवात गर्नेछन् ।
कसरी बाहिरिए लामिछाने ? सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार मात्रै रिहा भएका हुन् । उच्च अदालत बुटवलका न्यायाधीशहरु बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तोकिएको बिगो रकम बुझाउने र विभिन्न सर्तहरु पालना गर्ने गरी उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।देशसञ्चार
