
Ratbs
Syees
Rbs
Gsl
Amb
gms
Jsbus
Csbus
Nssbus7
Ssbus
dsbus
Gsbus
Pbu
Ddhbs
syysr
Bksbus5

Rgu
Sbs
Hal
Wsp
Rgs
Bbbpu
Gst
Bbu
Asm
Ggd
Rgu
Tsm
Ssm
Rsb
Pvg
Vor
Sls
Ksm
nsb

Syp
Rmb
Mks
Abd
bbt
Rpp
Jmb
Pls
Gsb
Ptm
sab
Jmb
Bml
काठमाडौँ । सहकारी ठगी प्रकरणमा हिरासतमुक्त भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राजनीतिक दौडधुपमा व्यस्त भएका छन् ।
त्यस्तै उनी (शनिबार) आज आफ्नो निर्वाचन क्षेत्र चितवनमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुँदैछन् । चितवनमा विशेष सम्बोधन रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले बिहान ११ बजे भरतपुरको चौबिसकोटीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
लामो समयको अन्तरालपछि आफ्ना मतदाता र कार्यकर्तालाई भेट्न उनी चितवन जान लागेका हुन् । काठमाडौं फर्किएर शहीद परिवारसँग साक्षात्कार चितवनको कार्यक्रम सकेर लामिछाने आजै काठमाडौं फर्किने तालिका छ । प्रवक्ता झाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिए अनुसार,दिउँसो ३ बजे उनलाई पार्टी केन्द्रीय कार्यालय वनस्थली (घण्टी घर) मा स्वागत गरिनेछ । त्यसलगत्तै उनले ‘जेनजी’ आन्दोलनका शहीद परिवार र घाइतेहरुलाई भेट्ने कार्यक्रमको सुरुवात गर्नेछन् ।
कसरी बाहिरिए लामिछाने ? सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार मात्रै रिहा भएका हुन् । उच्च अदालत बुटवलका न्यायाधीशहरु बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले तोकिएको बिगो रकम बुझाउने र विभिन्न सर्तहरु पालना गर्ने गरी उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।देशसञ्चार
