
Rgp
Sgp
Dus
Ggp
Jns
Usb
Rgp
Lks
Rgp
Lnp
ksb
Asb
Rgp
Ggp
lnp

lms

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरुसँग छलफल गर्ने भएका छन् ।
बिहान ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् । बैठकमा उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन् ।
त्यस्तै उनीहरुबिचको छलफल आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा केन्द्रित रहने बताइएको छ । काँग्रेसले पुस १६ मा वडा अधिवेशन गरेर २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
