
Csb
Ppu
mss
Rsb
Ssb
gis
Gsb

Ssb
Tsb

Nps
Rgu
दाङ । गत मङ्सिर २० गते लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बंगलाचुली गाउँपालिका वडा नम्बर–४,काभ्रे बस्ने वर्ष ३३ को लेखराज केसीलाई जिल्ला प्रहरी कार्यालय,दाङले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
केसीलाई शुक्रबार बिहान ७ बजे राजपुर- १ मारुनी खोलास्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो । उनलाई दाङ जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाको विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए । देशसञ्चार
