शिवराज पन्थी÷राधेश्याम गुप्ता बिहिबार, पुष ०२, २०८२

दाङ । यौन तथा प्रजनन् स्वास्थ्यमा महिला र किशोरीहरुलाई न्यायमा पहँच पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले पहल गरिरहेको थप पहुँचको आवश्यकता रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले बताएका छन् ।

यस विषयमा ऐन,कानून र नियमावली तयार गरिएको भएपनि प्रभावकारी कार्यान्वयनमा चुनौति देखिएको उनले बताए । स्वास्थ्य निर्देशनालयको समन्वयमा बिएन बेइजिङ (बिविसी) परियोजनाले आयोजना गरेको कार्यशालामा निर्देशक चौधरीले यस्तो बताएका हुन् ।निति निर्माण भएपनि कार्यान्वयनमा चुनौति छ यसको प्रभावकारी कार्यान्वयनकालागि सरकारको निकायले मात्र एक्लै सक्दैन । स्थानीय सरकार, स्वास्थ्य संस्थाहरु,मानव अधिकारवादी संघ संस्था र सञ्चार माध्यमहरु सबैले सचेतना फैलाउन र कार्यान्वयन गर्न गराउन घच्घचाउनु आवश्यक छ–चौधरीले भने । प्रदेश सरकारको तर्फबाट प्रजनन् स्वास्थ्यको पहुँच अभिबृद्धि गर्न लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ पालिकाहरुमा कार्यक्रम राखि बजेट समेत ब्यवस्थापन गरिएको उनले कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार र न्यायकालागि कानूनी पहुँच सुदृढिकरण एवं महिला र किशोरीहरुकालागि न्यायमा पहुँच पुर्याउन स्वास्थ्य मन्त्रालय र सरकारका सम्वन्धित निकायहरुले पहल गर्नुपर्नेमा बिषय बिशेषज्ञ डा. लक्ष्मी तामाङले जोड दिएकी थिइन् । लैंगिक उत्तरदायि निती निर्माण र बजेट कार्यान्वयनमा समस्या देखिएको,मनोसामाजिक परामर्शको कमी, दिंग पहिचान गरेर गर्भपतन गरिनु,महिला तथा किशोरीहरुमा कानूनको अनभिज्ञता,साँस्कृतिक, धार्मिक र परम्परागत सामाजिक अवधारणहरु कानून कार्यान्वयनका बाधक चुनौतिहरुले गर्दा समस्स्या समाधानमा कठिनता देखिएको तामाङले बताएकि थिइन् । कार्यक्रममा यस विषयमा डाटाबेस प्रस्तुति गर्दै वर्तमान अवस्थालाई उनले छर्लङ्ग पारिन् ।कार्यक्रममा मानव अधिकारवादी संघसंस्था,प्रदेश स्वास्थ्य निर्देशनालय र पत्रकारहरुसंग यस विषयमा गहन छलफल गरि योजना निर्माण र कार्यान्वयन गर्न चुनौती,समाधान र खाडलहरु तथा समाधानका उपायहरु लिखित सुझावहरु संकलन गरि प्रस्तुतिकरण समेत गरिएको थियो । कार्यशालामा प्रदेश निर्देशनालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठ,अधिकृत नोदनारायण चौधरी,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह,महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष अनिता पोख्रेल,दलित शसक्तिकरण क्षेत्रका अधिकारकर्मी निर्मल नेपाली,वादी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष कमल गौतम लगायतले बोलेका थिए ।कार्यक्रम संयोजक भगवती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिएन बेइजिङ परियोजनाका अध्यक्ष कृष्ण कुमारी वाईवाको स्वागत मन्तब्य र प्रदेश निर्देशनालयका फोकल पर्सन कुमार थापाले सहजीकरण गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]