
gms
dsbus
Jsbus
Csbus
Pbu
Ratbs
Nssbus7
Ssbus
Amb
Ddhbs
Rbs
Gsbus
Bksbus5
Gsl

Vor
Bbbpu
Hal
Rgu
Pvg
Asm
Sls
nsb
Gst
Ssm
Wsp
Tsm
Rgs
Ggd
Rgu
Bbu
Rsb
Ksm
Sbs

Mks
Gsb
Pls
Jmb
sab
Ptm
Abd
Bml
Syp
Jmb
bbt
Rmb
Rpp
दाङ । लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था,चुनौती र अवसरः प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम बुधबार भालुवाङमा सम्पन्न भएको छ ।
सिदार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) कपिलबस्तुको आयोजना तथा एक्सन एडको सहयोग र एनसिइको सहकार्यमा लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी,अवस्था,चुनौती र अवसरःप्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रका पूर्व अध्यक्ष पोमनारायण पौडेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री इन्द्रजीत थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर कायम हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयको अवस्था निकै कमजोर रहेको बताएका थिए । बक्ताहरुले नि:शुल्क शिक्षा नाम मात्रको रहेको र विद्यालयहरुले विभिन्न बाहानामा शुल्क उठाउन नछोडेको समेत बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य थारुले भौतिक पूर्वधारलाई मात्रै विकास ठानेका कारण शिक्षाले गति लिन नसकेको बताए । उनले शिक्षामा गरिएको लगानी दीर्घकालीन विकासको आधार भएको बताउँदै आम नागरिकहरु समेत शिक्षाको पहुँचमा हुनुपर्ने उल्लेख गरे । सांसद चौधरीले निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने स्थानीय सरकार आफ्नो दायित्व नबुझेको बताएका छन् । उनले सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको संवैधानिक व्यवस्था रहेको बताए ।
सांसद चौधरीले निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका भद्रगोल रहेको बताउँदै आम नागरिकको बालबालिकाहरु सम्मानजनक रुपमा शिक्षा आर्जन गर्न पाउनुपर्ने बताए । स्थानीय सरकारहरूले विद्यालयको भौतिक संरचना निर्माणसँगै शिक्षकको क्षमता अभिवृद्धि,शैक्षिक गुणस्तर सुधार र विद्यार्थीमैत्री वातावरण निर्माणमा ध्यान दिनुपर्ने उनले बताए ।
“संविधानले दिएको अधिकार व्यवहारमा उतार्न प्रदेश र स्थानीय सरकारसँगै अभिभावक, शिक्षक र नागरिक समाजको साझा जिम्मेवारी छ” : थारुले भने । नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताउँदै शिक्षा क्षेत्रको निगरानी, सकारात्मक दबाब र सहकार्य बिना निःशुल्क गुणस्तरीय शिक्षा सम्भव नहुने उनले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले सार्वजनिक विद्यालयप्रति आम नागरिकको भरोसा बढाउन सरकार गम्भीर हुनुपर्ने बताए । उनले निःशुल्क शिक्षालाई नारामा सीमित नगरी व्यवहारमा पूर्णरूपमा कार्यान्वयन गर्न सबै तहका सरकारलाई आग्रह गरे । यस्तै जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक बाबुराम आचार्यले निजी विद्यालयमुखी सोच अन्त्य नगरेसम्म सार्वजनिक शिक्षा सबल नहुने उल्लेख गरे । उनले कार्यान्वय गर्न निकायमा नरहेको बताउँदै तर शिक्षालाई प्रभावकारी रुपमा गुणस्तरियता प्रदान गर्न समन्वयमा कन्जुसाई नगर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालय निम्त्ति सचिव दिवाकर भण्डारी र शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले शिक्षा क्षेत्रलाई प्रभावकारी रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा शिवराज नगरपालिकाका उपसचिव पूर्णबहादुर विश्वकर्माले शिक्षाको अवसर, संभवना र चुनौतिका विषयमा बिस्तृत रुपमा जानकारी दिएका थिए ।
कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय हरि अधिकारी, एनसिईका कपिलवस्तु जिल्ला संयोजक बाबुराम रायमाझी, दाङ जिल्लाका संयोजक रुपलाल चौधरी र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले आ—आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले गरेका थिए ।
