
Usb
Rgp
ksb
Ggp
Asb
Sgp
Lnp
Rgp
Rgp
Lks
Dus
Jns
lnp
Ggp
Rgp

lms

दाङ । रुकुमपूर्वमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर –८,बाट भरुवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद सहित ३ जनालाई आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–८,खराङ बस्ने ३० वर्षीय शेरबहादुर थापा,४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन् ।
यस्तै शेरबहादुरको गोठ खानतलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
