Sidha Patra सोमबार, मंसिर २९, २०८२

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २, बेला स्थित मृगौला र दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई अर्थिक सहयोग गरिएको छ ।समाजसेवी मानबहादुर बुढाको पहलमा हाल अमेरिकामा बसोबास गर्दै आएका दस जनाले संकलन गरेर पठाएको कुल ९३ हजार एक सय पचास रुपैयाँ आइतबार हस्तान्तरण गरिएको हो ।

प्रदान गरिएको सहयोग रकम अमेरिकी डलरमा:-

१. महेन्द्र बुढा मगर काँडा -४, पुर्व रुकुम $101
२. ईश्वर बुढा मगर तकसेरा-११, पुर्व रुकुम $101
३. बिरोध घर्ती मगर घोराही, दाङ $101
४. विजय बुढा मगर तकसेरा -११, पुर्व रुकुम $51
५. अशोक बुढा मगर तकसेरा -११, पुर्व रुकुम $51
६. मुलमान बुढा मगर तकसेरा -१०, पुर्व रुकुम $51
७. सुरेन्द्र बुढा मगर तकसेरा -१०, पुर्व रुकुम $51
८. आशिष बुढा मगर कोल -१२, पुर्व रुकुम $51
९. जोढे बुढा मगर तकसेरा -१०, पुर्व रुकुम $51
१०. सुमन बुढा मगर तकसेरा -१०,पुर्व रुकुम $51

मानबहादुर बुढाले केहि समय अघि आफ्नो फेसबुक वालमा सुरेन्द्रको ज्यान बचाउन भनि आर्थिक सहयोगका लागि अनुरोध गरेका थिए । सोही आधारमा हाल अमेरिकामा बस्ने सबै आफ्ना साथीहरुले तत्काल रकम उठाएर पठाएपछि मानबहादुरले उक्त रकम घरमै पुगेर हस्तान्तरण गरेका हुन् । बुढाले आर्थिक सहयोग गर्ने सम्पूर्ण मनकारी मनका धनी ती सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।त्यस्तै सुरेन्द्रले ४ वर्ष अघि दुईवटा आँखा गुमाएर ओछ्यानमा थला परेका थिए भने ३ वर्षपछि दुवै मृगौला गुमाएका हुन् । अहिले उनले लमही स्थित सामुदायिक डायलाइसिस सेन्टरमा डायलाइसिस गर्दै आएका छन् । पीडित पुनले आफुलाई बचाउन देश तथा विदेशमा बसेका सम्पूर्ण नेपालीहरुमा अनुरोध समेत गरेका छन् । सहयोग गर्न चाहनेले सम्पर्कका लागि सुरेन्द्र पुन 9701128622 र मानबहादुर बुढाको मोबाइल नम्बर 9847825994  सम्पर्क गरि सहयोग गर्न सकिन्छ । ज्योति बिकास बैंकको चेक 

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]