
Ppu
Ssb
Rsb
mss
gis
Gsb
Csb

Ssb
Tsb

Nps
Rgu
दाङ । राजपुर गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा आयोजित संस्थागत विद्यालयहरुसंगको बैठक सोमबार सम्पन्न भएको छ ।
बैठक राजपुर गाउँपालिका शिक्षा अधिकृत बासुदेव खनालको अध्यक्षतामा राजपुर गाउँपालिकाको शिक्षा शाखा कार्यालय कक्षमा सम्पन्न भएको हो ।
सम्पन्न बैठकमा ६ वटा प्रस्तावहरु पारित भएका छन् । पारित निर्णयहरुमा स्थानीय पाठ्यक्रममा आधारित ” हाम्रो राजपुर ” पाठ्यपुस्तक पालिकाबाट खरिद गरि लागु गर्नु पर्ने, १०% छात्रवृत्ति विवरण अभिलेख एक हप्ताभित्रमा तोकिएको ढाचामा शिक्षा शाखामा पेश गर्नु पर्ने,शिक्षा नियमावली अनुसार विव्यस गठन गर्नु पर्ने,शैक्षिकसत्र २०८२ को कक्षा ५ को वार्षिक परीक्षा पालिकाले तोके बमोजिम संचालन हुने, प्रत्येक वर्ष शैक्षिकसत्र सुरु भएपछि मात्र अनुमती प्राप्त कक्षामा विद्यार्थी भर्ना गर्नुपर्ने रहेका छन् ।
राजपुर गाउँपालिकाद्वारा जारी संस्थागत विद्यालय – २०८२ को विवरण अनुसार राजपुर गाउँपालिकामा रहेका संस्थागत विद्यालयहरुको नामावली अनुसार निम्न रहेका छन् ।
१– सोमइथान इङ्गलिस बोर्डिङ स्कुल
२– देउखुरी ग्रीनल्याण्ड इङ्गलिस बोर्डिङ स्कुल
३– राजपुर हिमालय इङ्गलिस बोर्डिङ स्कुल
४– बुद्ध किरण इङ्गलिस बोर्डिङ स्कुल
५– फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ स्कुल
रहेको पाइन्छ ।
