
Gfs
Ses
pku
Pes
Rgp1
Sgr
cjs
Djs
Rgp
Ggp
Pbu
Lnp
Unsku
Srbpu

Bbbpu
Gst
Rgu
Bbu
Pvg
Asm
Ksm
Sls
Rsb
Rgu
Hal
Vor
Rgs
Sbs
Tsm
Wsp
Ggd
Ssm
nsb

Ptm
Rmb
Jmb
sab
Syp
Rpp
Abd
Mks
Pls
Gsb
Bml
Jmb
bbt
दाङ । गाउँपालिकाका सबैजसो वडाहरुलाई कार्यक्षेत्र बनाएर दक्षिण देउखुरी अधिकार मञ्चले मानव संसाधनको विकासमा महत्वपूर्ण भूमिका खेलेको लुम्बिनी प्रदेशका सांसद इन्द्रजित थारुले बताएका छन् ।
झण्डै डेढ हजार जना महिला दिदीबहिनीहरुलाई उत्पादन र आयआर्जनमा जोडेर स्थानीय सरकारले गर्ने धेरै कामहरु यो संस्थाले गर्दै आएको उनले बताए । समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवरको अध्यक्षतामा सोमवार गढवामा आयोजित दशौं बार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षणलाई संबोधन गर्दै थारुले यस्तो बताएक हुन् । गढवा र राजपुर गाउँपालिकामा गरि ४८ समूहका नागरिकहरुलाई आय आर्जन, उत्पादन र रोजगारीसंग जोडेर यस संस्थाले महत्वपुर्ण कार्यहरु गरेको छ भने उनिहरुको क्षमता विकास र सचेतनाको जागरण गर्दै मानव संसाधनको विकासमा समेत टेवा पुर्याएको पाउँदा गजब लाग्यो । यसले सरकारले गर्ने काम गरेको प्रष्ट अनुभूति भयो–थारुले भने ।
मानवता धन संग होइन–धन मानवतासंग मात्र धन जोडिन सक्नु पर्छ । नैतिक आचरण र मानवता भएन भने धनको औचित्य हुदैन । जनताका आधारभूत आवश्यकता पुरा गर्नु राज्यको कर्तब्य संबिधानमै उल्लेख छ तर यहाँ राज्यले भन्दा पनि एउटा सामाजिक संस्थाले यत्तिधेरै गरेको रहेछ, नागरिकहरुको जिवनस्तर माथी उठ्यो भने मात्र राज्य सम्पन्न हुन्छ–उनले भने ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापा,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल,६ नम्बरका वडा सदस्य दिनमणि आचार्य,वडा नम्बर ७ का वडा सदस्य रेखा थापा,कार्यपालिका सदस्य चन्द्रा केसी, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,गंगापरस्पुर खानेपानीका अध्यक्ष प्रकाश धिताल र संस्थाका संस्थापक सदस्य गिता पुलामी लगायतले बोलेका थिए ।
सो अवसरमा ब्यवस्थापक पुजा चौधरीले आय–ब्यय प्रतिवेदन र शिवकुमार चौधरीले संस्थागत प्रतिवेदन तथा बार्षिक निती कार्यक्रमहरु प्रस्तुत गरेका थिए । राजपुर र गढवा गाउँपालिका क्षेत्रमा कृयाशिल यस संस्थाले ४८ समूह सञ्जाल मार्फत महिला दिदीबहिनीहरु र पुरुष दाजुभाईहरुलाई उत्पादन, ब्यवसाय र स्वरोजगारसंग जोडेको संस्थाका अध्यक्ष देवराज कुँवरले बताए । ति समूहहरु मार्फत ३ करोड ६४ लाख ३८ हजार बचत संकलन र घुम्तिकोषमा परिचालन गरिएको संस्थाले जनाएको छ ।
यसबर्ष संस्थाले ३८ लाख ६९ हजार बराबरका उत्पादन र आयआर्जनसंग जोडिएका कार्यक्रमहरु सञ्चालन गरेको र १४ लाख ५६ हजार बराबरको खर्च लगानी गरी मानव संसाधन विकासमा लगानी गरेको कार्यक्रममा जानकारी गराइएको हो । संस्थाका सदस्य चित्रबहादुर खड्काको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमको सहजीकरण सचिव शोभा रावतले गरेका थिए ।

