
Sgr
Gfs
Srbpu
Lnp
cjs
Pbu
Unsku
Ses
Pes
Rgp1
Djs
pku
Ggp
Rgp

Vor
Rgs
Sls
Gst
Ksm
Rgu
Tsm
Bbbpu
Pvg
Hal
Bbu
Ggd
Rsb
Rgu
Wsp
nsb
Sbs
Ssm
Asm

Ptm
Bml
Rmb
Mks
sab
Gsb
bbt
Abd
Rpp
Syp
Jmb
Pls
Jmb
दाङ । एमसिए नेपालका प्रतिनिधि र लमही नगरपालिकाका प्रमुख तथा उपप्रमुखबीच भेटवार्ता भएको छ । भेटमा एमसिए नेपालले सुरु गर्न लागेको सडक स्तरोन्नति आयोजनाका विषयमा विस्तृत छलफल गरिएको हो ।
छलफलका क्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सडक विस्तार तथा स्तरोन्नति गर्दा मानव बस्ती, स्थानीय संरचना तथा निर्माण भइसकेका आयोजनामा असर नपर्ने गरी काम अगाडी बढाउन आग्रह गरे । उनले विकास आयोजनाले स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पार्नुपर्ने उल्लेख गर्दै जनहितलाई केन्द्रमा राखेर योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
भेटमा नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पनि सडक स्तरोन्नतिका क्रममा स्थानीय सरोकारवालासँग समन्वय,पारदर्शिता र समयमै सूचना प्रवाह आवश्यक रहेको धारणा राखे ।
एमसिए नेपालका प्रतिनिधिहरुले आयोजनालाई मापदण्ड अनुसार अघि बढाइने र स्थानीय तहसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा अधिकारीहरुले बाह्र मिटरको सडक कालोपत्रे हुने जानकारी दिएका छन् ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले पूर्व–पश्चिम राजमार्गको चन्द्रोटा (कपिलवस्तु)– शिवखोला (दाङ) सडक खण्डको स्तरोन्नति तथा मर्मतसम्भार कार्य गर्न एमसिए नेपाललाई अनुमति प्रदान गरेको थियो ।
२०७४ साउन २९ मा तत्कालीन नेपाल सरकारका मन्त्री ज्ञानेन्द्र कार्की र एमसिए नेपालका प्रतिनिधि बिच अमेरिकामा सम्झौता भएको थियो । सम्झौता भएको लामो समयसम्म काम सुरु हुन नसकेपछि बजेट अपुग हुने अवस्था रहेको र समय पनि कम भएकाले अमिलिया शिवखोलासम्म काम गर्न नसकिने एमसिए नेपालका सञ्चार विज्ञ सविन मिश्रले जानकारी दिए ।
दिगो,वातावरणमैत्री र सुरक्षित सडक निर्माणमा हामी प्रतिवद्ध छाैँ,समयमा नै आयाेजनाको काम सम्पन्न गरी सडक विभागलाइ हस्तान्तरण गर्न एमसिए नेपाल आतुर रहेको सञ्चार विज्ञ मिश्रले भने ।
सडक विभागले दिएको जानकारी अनुसार उक्त सडक खण्डमा ७ मिटर चौडाइको क्यारिजवे तथा दुवैतर्फ २.५–२.५ मिटर चौडा पक्की शोल्डर सहित मर्मत सम्भार तथा स्तर उन्नति कार्य गरिनेछ । यो कार्य अमेरिकी सरकारको अनुदान सहयोगमा एमसिए नेपालमार्फत सञ्चालन हुने छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पत्र संख्या वि.सं. २०७६/०७७, चलानी नम्बर ६० तथा मिति २०७६ /०५ /२४ को निर्णय अनुसार उक्त अनुमति प्रदान गरिएको सडक विभागले जनाएको छ ।
सडक स्तरोन्नतिसँगै उक्त क्षेत्रमा सवारी आवागमन थप सुरक्षित, सहज र व्यवस्थित हुने विश्वास गरिएको छ । विशेषगरी दाङ,कपिलवस्तु लगायत पश्चिम नेपालका जिल्लाहरुको यातायात तथा आर्थिक गतिविधिमा यस आयोजनाले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
