
Pbu
Ddhbs
Csbus
Bksbus5
Ssbus
gms
Jsbus
Nssbus7
Rbs
Gsl
Amb
Gsbus
dsbus
Ratbs

Sls
nsb
Asm
Rgs
Pvg
Ksm
Tsm
Rsb
Bbbpu
Bbu
Rgu
Wsp
Ggd
Sbs
Ssm
Hal
Vor
Gst
Rgu

bbt
Rpp
Gsb
Syp
Bml
sab
Abd
Jmb
Rmb
Mks
Pls
Ptm
Jmb
दाङ । चौथो प्याब्सन घोराही रनिङ शिल्डको प्रथम विजेता गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराही भएको छ । उसले १२ स्वर्ण, नौ कास्य र तीन रजत गरी सर्वाधिक २४ मेडल जितेको हो ।
प्याब्सन घोराहीका अध्यक्ष बालकृण वलीको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यतामा आइतबार शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी मेचीकाली सेकेन्डरी स्कूल घोराही फष्ट रनर विजेता बनेको छ । उसले स्वर्ण चार कास्य एक र रजत तीन गरी दोस्रो सबैभन्दा धेरै आठ मेडल जितेको छ । यसैगरी सेकेन्ड रनर ज्ञानज्योति प्रोगे्रेसिभ स्कूल बनेको छ । उसले स्वर्ण तीन,कास्य तीन र रजत चार गरी १० पदक जित्न सफल भएको छ । तेस्रो रनर सनराइज एकाडेमीले प्राप्त गरेको छ । उसले स्वर्ण तीन कास्य दुई र रजत एकसहित छ मेडल जित्न सफल भएको थियो ।
यसैगरी पाँचौ विजेतामा ज्ञानज्योति एजुकेशनल एकाडेमी भएको छ । उसले तीन स्वर्ण,कास्य र रजत एक÷एक गरी पाँच पदक जितेको छ । छैठौं विजेता मदन भण्डारी मेमोरिएल स्कूल भएको छ । उसले दुई स्वर्ण,तीन कास्य र छ रजतसहित ११ पदक जित्न सफल भएको छ । सातौंमा जनज्योति विद्यामन्दिर बनेको छ । उसले दुई स्वर्ण,दुई कास्य र एक रजतसहित पाँच पदक जितेको छ । आठौं विजेतामा ग्यालेक्सी एकेडेमी र ज्ञानसिन्धु सेकेन्डरी स्कूल बनेका छन् । उनीहरुले बराबर दुई÷दुई स्वर्ण पदक जितेका छन् ।
त्यस्तै नवौं विजेतामा प्रज्ञान एकेडेमी बनेको छ । उसले एक स्वर्ण दुई कास्य र एक रजतसहित चारवटा पदक जितेको छ । दशौं विजेतामा हिन्दु विद्यापीठ आएको छ । उसले एक स्वर्ण एक रजतसहित दुई पदक जितेकोे छ । टप १० मा आउने ती विद्यालयहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
यसैगरी एक स्वर्ण दुई रजत ज्योतिपुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलले जितेको छ । एक स्वर्ण एक रजत गरी दुई पदक जित्ने लिटिल भ्याली बालबाटिका, एक स्वर्ण विजेतामा ग्लोबल एकाडेमी रहेका छन् । पाँच कास्य दुई रजत गरी सात जित्ने दीपशिखा सेकेन्डरी स्कूल भएको छ भने एक कास्य दुई रजत गरी तीन पदक जित्ने शान्ति निकेतन सेकेन्डरी बोर्डिङ स्कूल बनेको छ । दुई रजत सगरमाथा बोर्डिङ स्कूलले जितेको छ ।
यसैगरी दुई कास्य एक रजत गरी तीन पदक जित्ने ज्ञानमाला एकाडेमी बनेको छ भने एक कास्य दुई रजतसहित तीन पदक जित्ने रमाना पाठशाला भएको छ । एक कास्य एक रजत गरी दुई पदक जित्नेहरु दाङ विद्या सदन स्कूल र बालकुञ्ज इङ्लिस मिडियम स्कूल भएका छन् । एक कास्य पदक जित्नेमा अल्फा इङ्लिस बोर्डिङ स्कूल, गोदावरी इङ्लिस मिडियम स्कूल, नवचेतना शैक्षिक बोर्डिङ स्कूल, स्टार इङ्लिस बोर्डिङ सेकेन्डरी स्कूल र स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कूल रहेका छन् । साथै दुई रजत पदक विजेता पर्ल एकेडेमी बनेको छ ।
त्यस्तै एक रजत विजेताहरुमा डिभाइन एकाडेमी, मनकामना इङ्लिस बोर्डिङ स्कूल,राप्ती सेकेन्डरी बोर्डिङ स्कूल,भ्यालीटप इङ्लिस बोर्डिङ स्कूल, राजविद्या पाठशाला विजेता बनेर प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट प्लेयरहरु कबड्डीमा सनराइज एकाडेमीका वर्षा पुन मगर,भलिबलमा ज्ञानसिन्धु सेकेन्डरी स्कूलका मनोज खड्का,एथ्लेटिक्स ब्वाइजमा गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलका विपीन लम्साल र गल्र्समा गोरखाकै चिनोची घर्ती मगर हुनुहुन्छ । प्रतियोगितामा जम्मा ३८ स्वर्ण १० कास्य र ४२ रजत पदकसहित एक सय २० पदकमा प्रतिस्पर्धा भएको थियो ।
यस्तै प्रथम रनिङ शिल्डका अध्यक्ष एवं दाङ प्याब्सनका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दले खेलकूद झनपछि झन परिस्कृत, व्यवस्थित र भव्य हुँदै गएको बताए । शुरुको वर्षमा तीन दिनमा सकिएको शिल्ड गत वर्ष चार दिनमा सकिएको थियो । यस वर्ष पाँच दिन लागेको छ । सो अवसरमा घोराही नगर खेलकूद विकास समितिका संयोजक नरेन्द्र पुनले राष्ट्रपति रनिङ शिल्ड माघ महिनामा गर्ने जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन प्याब्सन घोराहीका सचिव विमल भण्डारीले गरेका थिए । 

