गोबिन्द खड्का सोमबार, मंसिर २९, २०८२

दाङ । चौथो प्याब्सन घोराही रनिङ शिल्डको प्रथम विजेता गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराही भएको छ । उसले १२ स्वर्ण, नौ कास्य र तीन रजत गरी सर्वाधिक २४ मेडल जितेको हो ।

प्याब्सन घोराहीका अध्यक्ष बालकृण वलीको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यतामा आइतबार शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी मेचीकाली सेकेन्डरी स्कूल घोराही फष्ट रनर विजेता बनेको छ । उसले स्वर्ण चार कास्य एक र रजत तीन गरी दोस्रो सबैभन्दा धेरै आठ मेडल जितेको छ । यसैगरी सेकेन्ड रनर ज्ञानज्योति प्रोगे्रेसिभ स्कूल बनेको छ । उसले स्वर्ण तीन,कास्य तीन र रजत चार गरी १० पदक जित्न सफल भएको छ । तेस्रो रनर सनराइज एकाडेमीले प्राप्त गरेको छ । उसले स्वर्ण तीन कास्य दुई र रजत एकसहित छ मेडल जित्न सफल भएको थियो ।

यसैगरी पाँचौ विजेतामा ज्ञानज्योति एजुकेशनल एकाडेमी भएको छ । उसले तीन स्वर्ण,कास्य र रजत एक÷एक गरी पाँच पदक जितेको छ । छैठौं विजेता मदन भण्डारी मेमोरिएल स्कूल भएको छ । उसले दुई स्वर्ण,तीन कास्य र छ रजतसहित ११ पदक जित्न सफल भएको छ । सातौंमा जनज्योति विद्यामन्दिर बनेको छ । उसले दुई स्वर्ण,दुई कास्य र एक रजतसहित पाँच पदक जितेको छ । आठौं विजेतामा ग्यालेक्सी एकेडेमी र ज्ञानसिन्धु सेकेन्डरी स्कूल बनेका छन् । उनीहरुले बराबर दुई÷दुई स्वर्ण पदक जितेका छन् ।

त्यस्तै नवौं विजेतामा प्रज्ञान एकेडेमी बनेको छ । उसले एक स्वर्ण दुई कास्य र एक रजतसहित चारवटा पदक जितेको छ । दशौं विजेतामा हिन्दु विद्यापीठ आएको छ । उसले एक स्वर्ण एक रजतसहित दुई पदक जितेकोे छ । टप १० मा आउने ती विद्यालयहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

यसैगरी एक स्वर्ण दुई रजत ज्योतिपुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलले जितेको छ । एक स्वर्ण एक रजत गरी दुई पदक जित्ने लिटिल भ्याली बालबाटिका, एक स्वर्ण विजेतामा ग्लोबल एकाडेमी रहेका छन् । पाँच कास्य दुई रजत गरी सात जित्ने दीपशिखा सेकेन्डरी स्कूल भएको छ भने एक कास्य दुई रजत गरी तीन पदक जित्ने शान्ति निकेतन सेकेन्डरी बोर्डिङ स्कूल बनेको छ । दुई रजत सगरमाथा बोर्डिङ स्कूलले जितेको छ ।

यसैगरी दुई कास्य एक रजत गरी तीन पदक जित्ने ज्ञानमाला एकाडेमी बनेको छ भने एक कास्य दुई रजतसहित तीन पदक जित्ने रमाना पाठशाला भएको छ । एक कास्य एक रजत गरी दुई पदक जित्नेहरु दाङ विद्या सदन स्कूल र बालकुञ्ज इङ्लिस मिडियम स्कूल भएका छन् । एक कास्य पदक जित्नेमा अल्फा इङ्लिस बोर्डिङ स्कूल, गोदावरी इङ्लिस मिडियम स्कूल, नवचेतना शैक्षिक बोर्डिङ स्कूल, स्टार इङ्लिस बोर्डिङ सेकेन्डरी स्कूल र स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कूल रहेका छन् । साथै दुई रजत पदक विजेता पर्ल एकेडेमी बनेको छ ।

त्यस्तै एक रजत विजेताहरुमा डिभाइन एकाडेमी, मनकामना इङ्लिस बोर्डिङ स्कूल,राप्ती सेकेन्डरी बोर्डिङ स्कूल,भ्यालीटप इङ्लिस बोर्डिङ स्कूल, राजविद्या पाठशाला विजेता बनेर प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट प्लेयरहरु कबड्डीमा सनराइज एकाडेमीका वर्षा पुन मगर,भलिबलमा ज्ञानसिन्धु सेकेन्डरी स्कूलका मनोज खड्का,एथ्लेटिक्स ब्वाइजमा गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलका विपीन लम्साल र गल्र्समा गोरखाकै चिनोची घर्ती मगर हुनुहुन्छ । प्रतियोगितामा जम्मा ३८ स्वर्ण १० कास्य र ४२ रजत पदकसहित एक सय २० पदकमा प्रतिस्पर्धा भएको थियो ।

यस्तै प्रथम रनिङ शिल्डका अध्यक्ष एवं दाङ प्याब्सनका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्दले खेलकूद झनपछि झन परिस्कृत, व्यवस्थित र भव्य हुँदै गएको बताए । शुरुको वर्षमा तीन दिनमा सकिएको शिल्ड गत वर्ष चार दिनमा सकिएको थियो । यस वर्ष पाँच दिन लागेको छ । सो अवसरमा घोराही नगर खेलकूद विकास समितिका संयोजक नरेन्द्र पुनले राष्ट्रपति रनिङ शिल्ड माघ महिनामा गर्ने जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन प्याब्सन घोराहीका सचिव विमल भण्डारीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]