
Rgp1
cjs
Pes
Ggp
Sgr
Lnp
Rgp
Ses
Srbpu
Gfs
pku
Unsku
Djs
Pbu

nsb
Gst
Bbbpu
Bbu
Ggd
Sls
Pvg
Asm
Hal
Rgu
Tsm
Sbs
Rgs
Wsp
Rgu
Rsb
Ksm
Vor
Ssm

Ptm
Mks
Jmb
Bml
Syp
Rmb
Pls
Rpp
Jmb
bbt
Abd
sab
Gsb
दाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका छन् ।
प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् । नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ ।
लुम्बिनी प्रदेशमा थपिएका २४ निर्वाचनस्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँची जिल्लामा सात वटा मतदानस्थल थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
त्यस्तै उनका अनुसार मतदाता बढी भएका क्षेत्र र मतदान गर्नका लागि टाढा जानुपर्ने ठाउँमा मतदाताको सहजताका लागि जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिस अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा २४ वटा नयाँ मतदानस्थल थप गरेको बताए ।
यस्तै सूचना अधिकारी कुँवरका अनुसार दाङमा छ वटा,गुल्मीमा चार वटा,प्यूठानमा तीन वटा,रुपन्देही, कपिलवस्तु,बाँके र नवलपरासी (बर्दघा सुस्ता पश्चिम) जिल्लामा एक/एक वटा मतदानस्थल थपिएका छन् ।
