Sidha Patra सोमबार, मंसिर २२, २०८२

दाङ । जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेकामध्ये एकजना कैदी पक्राउ परेका छन् ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका ३२ वर्षीय तिर्थफल परियार पक्राउ परेको रुकुम पूर्वका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हिमराज बिकले जानकारी दिए । परियारलाई खोजी गर्ने क्रममा मंसिर १९ गते घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक बिकले बताए ।

परियार जबर्जस्ती करणी मुद्दामा कारागारमा सजाय भुक्तान गरिरहेका व्यक्ति हुन् । पक्राउपछि परियारलाई बाँकी सजाय भुक्तान गर्नका लागि जिल्ला कारागार रुकुम पश्चिममा पठाइएको प्रहरी निरीक्षक परियारले जानकारी दिए ।

त्यस्तै गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा तुलसीपुर कारागारको मुल गेट तोडफोड गरेर दुई सय ५३ जना कैदीबन्दी भागेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]