
Ksb
Rsb
Ssb
Usb
Ssb
Ksb
Tgp
Ppu
jsb
Nsb
Bsn
Gsb
Csb
Rks
Ksb

Ssb
Usb
Hl1
Gsb
Tsb

Rgu
Nps
ptl
दाङ । लमही चेम्बर अफ कमर्शले लमहीको एक सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरि उत्पात मच्चाइएको घटना प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
आइतबार चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीले एक प्रेस विज्ञप्ती जारी गर्दै शनिबार लमही नगरपालिका वडा नम्बर ५ लमही बजार स्थित जुनतारा सुनचाँदी पसलमा कार्यरत कालिगढलाई लक्षित गरेर गोली प्रहार गर्दै लुटपाट गरिएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
त्यस्तै उक्त घटनामा घाइते भएका कालिगढ दीपक सुनारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गोली प्रहार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि कानूनी कारबाही गर्न स्थानीय सरकार र प्रहरी प्रशासनलाई आग्रह समेत गरिएको छ । पछिल्लो समय लमही बजारमा विभिन्न पसलहरुमा लुटपाटका घटनाहरु बढीरहेकोे हुँदा यस घटना प्रति सम्बन्धित निकाय गम्भीर हुन पनि चेम्बरले आग्रह गरेको छ ।
यस्तै प्रहरीले यस घटनाको बारेमा गम्भीरताका साथ अनुसन्धान गरि रहेको जनाएको छ ।
