
Rgp
Sgp
Lks
ksb
Asb
Jns
Lnp
Ggp
Rgp
Dus
Rgp
Ggp
Rgp
Usb
lnp

lms

मकवानपुर । हेटौँडा सडक विस्तारको क्रममा मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय पनि डोजर चलाएर भत्काइएको छ । त्रिभुवन राजपथको सडक सिमा क्षेत्रमा निर्माण भएको सो कार्यालय सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको हो ।
हेटौँडा बजार क्षेत्रको २५ मिटर सडकमा बनेका संरचना आज बिहानदेखि भत्काउन सुरु गरिएको छ । सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउने गरी हेटौँडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएको हो ।
त्यस्तै सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बिच कार्यालयले सडक विस्तार कार्य सुरु गरेको हो । कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९।५ किलोमिटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक तथा निजी संरचना हटाइएको हो ।
