
Mbdvs
Gisld
Rbs
Pbu
mbd
Sds

Rgs
Rsb
Ssm
Rgu
Tsm
Ggd
Pvg
Wsp
Ksm
Asm
Sbs
Gst
Rgu
Vor
Bbu
Sls
Bbbpu
nsb
Hal

Rmb
Abd
Bml
Gsb
Rpp
Ptm
Jmb
Jmb
bbt
Syp
sab
Mks
Pls
दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँ कमिटीले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी क्यान्सर पीडित लक्ष्मी सुनारलाई नगद १०,००० हजार आर्थिक सहयोग गरेको छ ।
गाउँकमिटीका सभापति सरद कुमार बिसीको सभापतित्वमा फाल्गुन १० गते बसेको बैठकले पीडित सुनारलाई तत्काल दश हजार आर्थिक सहयोग गर्ने भनि गरेको निर्णय अनुसार सभापति बिसीले लक्ष्मीका छोरी मिनालाई उक्त रकम आज हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै सभापति बिसीले उक्त आर्थिक सहयोग गर्दै अन्य सम्बन्धित निकायलाई लक्ष्मीको पारिवारिक अवस्था धेरै नाजुक रहेकोले आ-आफ्नो स्थानबाट सक्दो मानवीय भावनाका साथ लक्ष्मीको उपचारको लागि आर्थिक सहयोग गर्न आफ्नो पार्टी राजपुर गाउँकमिटीको तर्फबाट र व्यक्तिगत तर्फबाट अनुरोध गर्नु भएको छ ।
लक्ष्मीलाई गत पुस महिनामा चितवनको क्यान्सर अस्पतालमा गएर जाँच गराउदा उहाँको पाठेघरमा क्यान्सर देखिएको थियो । उहाँका छोरी मिना सुनारका अनुसार लक्ष्मीलाई अन्य रोगको कारण धेरै कमजोरी भएकोले चितवन क्यान्सर अस्पतालमा डाक्टरहरुले अप्रेसन गर्न मानेका थिएनन । डाक्टरहरुले आमाको अप्रेसन गर्न नमानेपछि मिनाले भारतको कृष्णनगर स्थित रवि हेल्थ केयर अस्पतालमा अप्रेसन उपचारको लागि सो हेल्थ केयरमा पुराएको बताउनु भयो ।
त्यस्तै मिनाका अनुसार लक्ष्मीको पाठेघरको अप्रेसन गर्दा नगद ५० हजार भारु खर्च लागेको र अझै धेरै खर्च लाग्न सक्ने बताउनु भयो । मिनाले सिधापत्र डटकमसंग टेलिफोन मार्फत कुरा गर्दै आफ्नो पारिवारिक तथा आर्थिक अवस्था धेरै कम्जोर रहेकोले हालसम्म उपचार खर्चको लागि सबै ऋण काढेर आमाको अप्रेसन गराएको जानकारी दिनु भयो । यस्तै मिनाले आफ्नो आमाको छातीको रिपोर्ट अनुसार छाती नै ड्यामिज भएको र घाँटी भित्र पनि घाउ भएकोले अब १२ महिनासम्म निरन्तर औसधि खानु पर्ने र औसधि खाइसकेपछि मात्र छाती र घाँटीको अप्रेसन गर्न मिल्ने डाक्टरहरुको सुझाव रहेको बताउनु भयो ।
मिनाले क्रमशः यी समस्याहरु सुनाएपछि,हालसम्म नेपाली काङ्ग्रेस राजपुर गाउँकमिटीले नगद १० हजार,नेपाली काङ्ग्रेसका महासमिति सदस्य कर्णबहादुर बुढाथोकीले १५,००० हजार र नेपाली काङ्ग्रेस राजपुर गाउँकमिटीका सचिव केशवराम यादवको नेतृत्वमा व्यक्तिगत रुपमा संकलन गरेको नगद २,००० हजार गरि जम्मा हालसम्म २७,००० हजार सहयोग प्राप्त भएको जानकारी दिनु भयो ।
त्यस्तै सहयोग गर्ने सम्पुर्ण सहयोगी मनप्रती हार्दिक आभार प्रकट गर्दै मिनाले आफ्नो आमाको अप्रेसन उपचारमा धेरै खर्च लागेको हुँदा सक्दो आर्थिक सहयोग गर्न सम्पुर्णमा अनुरोध गर्नु भएको छ ।
यस्तै नेपाली काङ्ग्रेस राजपुर गाउँकमिटीका सभापति सरद कुमार बिसीले विभिन्न संघ संस्था र अन्य सम्बन्धित निकायलाई लक्ष्मी जस्ता गरिव निमुखा वर्गलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।
