
Jsbus
dsbus
Rbs
syysr
Syees
Csbus
Ddhbs
Bksbus5
Amb
Pbu
Nssbus7
Gsbus
gms
Ssbus
Gsl
Ratbs

Ssm
Bbu
Ggd
Ksm
Wsp
nsb
Pvg
Rsb
Sbs
Tsm
Vor
Asm
Rgu
Hal
Sls
Gst
Bbbpu
Rgu
Rgs

Pls
bbt
Jmb
sab
Gsb
Ptm
Jmb
Mks
Rpp
Bml
Abd
Rmb
Syp
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् ।
एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ ।
पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्लासत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको बताए ।
संयोजक ढकालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब ५०० स्वयंसेवक हुनेछन् । ती स्वयंसेवक पार्टीका विभिन्न २४ जनसङ्गठन र विभिन्न कमिटीबाट माग गरिएको उनले बताए । एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको समन्वय गर्नेछ ।
यसैबिच सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त चौरमा एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीसहितको टोलीले बुधबार अवलोकन गरेको छ ।
त्यस्तै उनका साथै एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ,भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा,जिल्ला सचिव विष्णु तामाङ लगायत सहभागी रहेका थिए ।
उक्त चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता गरिएको संयोजक ढकालले उल्लेख गरे । उनका अनुसार त्यहाँ मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिसकेका छन् ।
त्यस्तै उद्घाटनका दिन पूर्वबाट आउने सवरी साधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गरिने उनले जानकारी दिए । महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार ४०० प्रतिनिधि रहनेछन् । महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुनेछ ।रासस
