
cjs
Rgp
Djs
Srbpu
Ses
Gfs
Sgr
Unsku
Pbu
Rgp1
Lnp
Pes
Ggp
pku

Bbu
Vor
Gst
Bbbpu
Rgu
Rsb
Ssm
Ksm
Wsp
Sls
Rgu
Pvg
Sbs
nsb
Asm
Tsm
Ggd
Hal
Rgs

bbt
Mks
Abd
Jmb
Pls
Jmb
Syp
sab
Gsb
Bml
Rmb
Rpp
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्न ७ सदस्यीय समिति गठन गरेको छ ।
मंगलबार बसेको गाउँकार्यपालिका बैठकले उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा समिति बनाएर ३० दिनभित्र आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको हो ।
समितिमा वडा नम्बर १ का अध्यक्ष गेमे खड्का, वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी,वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी,वडा नम्बर ४ का अध्यक्ष विरबहादुर चौधरी, कार्यपालिका सदस्य सावित्री चौधरी,इन्जिनियर अशोक बेल्वासे र खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरी सदस्य सचिवका रुपमा रहेका छन् ।
समितिले पहिल्यै थुप्रिएको फोहोरको परिमाण पत्ता लगाई सुरक्षित र दिगो व्यवस्थापन गर्ने योजना बनाउने छ । स्थानीयसँग निरन्तर समन्वय गर्दै सरसफाइ केन्द्रमा देखिएका समस्या समाधान गर्ने, कुहिने–नकुहिने फोहोर छुट्याउने तथा प्रशोधन र सुरक्षित विसर्जनका उपाय लागू गर्ने जिम्मा समितिलाई दिइएको छ ।
त्यस्तै सरसफाइकर्मीले पञ्जा,मास्क,बुटलगायत सुरक्षा सामग्री अनिवार्य रुपमा प्रयोग हुने वातावरण बनाउने,केन्द्रको नियमित सञ्चालन तथा मर्मत–सम्भारमा ध्यान दिने कार्य पनि समितिले गर्नेछ ।
