
Pbu
Amb
Jsbus
Nssbus7
Csbus
Gsbus
dsbus
Rbs
gms
Ratbs
Bksbus5
Ddhbs
Ssbus
Gsl

Sbs
Rsb
Tsm
Ggd
Sls
Ssm
Asm
Rgu
Vor
Pvg
Wsp
Bbbpu
nsb
Gst
Ksm
Rgs
Bbu
Hal
Rgu

Ptm
sab
Bml
Abd
Pls
Rmb
Jmb
Syp
Rpp
Jmb
Mks
bbt
Gsb
दाङ । देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव बुधबार आज सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी आचार्यको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष तथा ग्रेडबुद्ध एकाडेमीका प्रधानाध्यापक निर्मल न्यौपानेको प्रमुख आतिथ्य तथा प्याब्सन लमहीका अध्यक्ष नारायण भुसाल र बुद्ध ज्योति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज देवकोटाको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो।
वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि न्यौपानले नैतिक तथा व्यवहारीक शिक्षामा केन्द्रित हुनुपर्ने बताएका छन् । विद्यालयका प्रधानाध्यापक थानेश्वर न्योपानेले प्रस्तुत गरिएको बार्षिक प्रगति प्रतिवेदनबाट आफु असाध्यै खुसी भएको बताउदै गढवा गाउँपालिकामा शिक्षाको क्षेत्रमा बुद्ध ज्योति माविले गरेको योगदान उत्कृष्ट भएको बताए । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी पाइलट देखि लिएर डाक्टर,इन्जिनियर अधिकृत लगायतका अन्य क्षेत्रमा नाम निकाल्न सफल हुनु सामान्य कुरा नभएको बताए ।त्रिकोणात्म प्रयासबिना विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने भन्दै न्योपानेले विध्यार्थी,शिक्षक र अभिभावकले साझा प्रयास आवश्यक रहेको बताए ।
विद्यालयका प्रिन्सीपल थानेश्वर न्योपानेले कार्यक्रममा संस्थागत प्रतिवेदन र बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार विसं २०६२ सालदेखि एसएलसी,एसइ तथा अन्य कक्षाहरूको शैक्षिक सत्र २०७९ सम्मको विद्यार्थी वार्षिक शैक्षिक नतिजाका अनुसार २०६२ सालदेखि २०७२ सालसम्म एसएलसीमा २५ जना विशिष्ट श्रेणी १५४ जना प्रथम श्रेणी १०५ जना द्वितीय श्रेणी छन् भने २०७३ यता एससीमा ५६ जना ए प्लस, १०८ जना ए,११५ जना बि प्लस,६१ जना बि,२८ जना सी प्लस,१३ जना सि नतिजा विद्यालयले प्राप्त गरेको छ।
त्यस्तै शैक्षिक सत्र २०७९ को एसइइ परीक्षामा यस विद्यालयले देउखुरी उपत्यकामा प्रथम भएको थियो भने उपत्यका प्रथम हुने छात्रा निस्मा यादव र उपासना आले र २०८० मा विवेक यादव रहेका छन् । बुद्धज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु हाल डाक्टर इन्जिनियर पाइलट लगायत उच्चतहका सेवामा कार्यरत रहेको प्रधानध्यापक थानेश्वर न्यौपानेले प्रतिवेदनमा प्रस्तुत गरे । सो अवसरमा बिद्यार्थीहरुद्वारा तयार गरिएको बिज्ञान प्रदर्शनिको समेत अतिथीहरुले अबलोकन गरेका थिए ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा शैक्षिक तथा अतिरिक्त गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुले विविध सन्देशमूलक, सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बर्षभरीको पठन–पाठन र अतिरीक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका शिक्षक दुर्गा प्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षकद्वय रोशन धिताल र गिता गैरेले गरेका थिए ।

