
Pbu
Ddhbs
Gsl
Csbus
Gsbus
Syees
Nssbus7
Ratbs
gms
syysr
Ssbus
Bksbus5
Amb
Rbs
Jsbus
dsbus

Rgu
Rsb
Rgs
Pvg
Wsp
Bbu
Ggd
Sls
Tsm
Asm
nsb
Sbs
Ksm
Rgu
Gst
Vor
Ssm
Bbbpu
Hal

Abd
bbt
Jmb
Jmb
sab
Rpp
Gsb
Bml
Ptm
Rmb
Pls
Mks
Syp
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन परिचालन समितिको संयोजकमा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलाई तोकेको छ । साथै आन्दोलन परिचाल समितिको सदस्यमा अर्का प्रवक्ता गोपाल दाहाल,सहमहामन्त्री धनबहादुर बुढा, रविन्द्र प्रताव शाह तोकिएका छन् ।
त्यस्तै उनीहरुलाई राप्रपाको धारणा जनसमुदायमा पुर्याउन गरिने सभा तथा प्रदर्शनको व्यवस्थापना गर्ने जिम्मेवारी दिइएको छ । साथै समितिलाई सभा तथा प्रदर्शन गर्नका लागि कार्यतालिका तोक्न र व्यवस्थापन गर्नसमेत अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका छन् ।
यस्तै राप्रपाले यही मंसिर २३ गते काठमाडौँमा बृहत् आन्दोलन घोषणा गरेको छ । समितिको पहिलो बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकमा मंसिर २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण,संगठित र सङ्ख्यात्मक रुपमा प्रभावशाली बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल भएको पार्टी स्रोतले जनाएको छ।
त्यस्तै बैठकमा सहभागी नेताहरुका अनुसार,जेनजी आन्दोलनपछिको ताजा परिस्थितिले राजनीतिक दल, युवापुस्तादेखि राज संस्थासम्मबीच नयाँ प्रकारको सहमतिको आवश्यकता देखिएको र त्यसकै लागि राप्रपाले दबाबपूर्ण जन–आन्दोलनको मार्ग रोजेको बताइएको छ।
यसैगरी राप्रपाले यही मंसिर १३ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी पाँच बुँदे ज्ञापनपत्र बुझाइसकेको छ । ज्ञापनपत्रमा आगामी निर्वाचनअघि नै सर्वपक्षीय सहमति निर्माण गर्ने,दलहरुबीच विश्वसनीय संवाद,संवैधानिक संरचनामा सुधार,राष्ट्रको स्थिरताका लागि व्यापक सहमति र भविष्यमा आन्दोलन आवश्यक नपर्ने गरी राजनीतिक मार्गचित्र बनाउने आदि मागहरु समावेश छन् ।
