
Gsl
Amb
Jsbus
Ssbus
Pbu
gms
Csbus
dsbus
Rbs
Nssbus7
Bksbus5
Ddhbs
Ratbs
Gsbus

Ggd
Tsm
Rgu
Rgu
Vor
Sbs
Rsb
Pvg
Gst
Ksm
Sls
Rgs
Wsp
Bbbpu
Ssm
Hal
Asm
nsb
Bbu

Rmb
Gsb
Mks
bbt
Rpp
Syp
Abd
Jmb
Jmb
sab
Pls
Bml
Ptm
दाङ । बबाई गाउँपालिका वडा नम्बर -७,जलजला मलई दाङ स्थित श्री सरस्वती आधारभूत विद्यालयकी रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हाल्न सफल भएकी छन्।
अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारी वहन गर्दै अगाडि बढेकी रक्षाको यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी बनेको छ।
त्यस्तै उनको लगनशीलता,दृढता र कार्यक्षमताको व्यापक प्रशंसा हुँदै आएको छ । धेरैले उनलाई ‘युवा नेतृत्वको उत्कृष्ट उदाहरण’ भन्दै बधाई तथा शुभकामना दिएको पाइन्छ ।
रक्षाकुमारी भन्छिन् “उमेर होइन,जिम्मेवारी र दृष्टिको महत्व हुन्छ । गाउँका बालबालिकालाई गुणस्तरयुक्त शिक्षा उपलब्ध गराउनु नै मेरो पहिलो लक्ष्य हो।”प्रधानाध्यापकका रुपमा उनले विद्यालयमा प्राविधिक शिक्षा,बालमैत्री वातावरण निर्माण तथा गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छन्।
उनलाई कक्षा ६ देखी कक्षा १२ सम्म अध्ययनका लागि क्रियटिङ पोसिबिलिटिज नेपाल ( सिपि नेपाल) को विशेष सहयोग गरेको थियो । आज कम उमेरमा सफलताको शिखर चुम्दा सिपि नेपाल परिवार अत्यन्त खुसी भएर जनाएको छ।
गाउँमा एक युवा महिलाले यसरी नेतृत्व सम्हाल्नु स्वयंमा महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ। अभिभावक तथा स्थानीयवासीहरुका अनुसार सामुदायिक विद्यालयमा युवा नेतृत्व बढ्दै जाँदा शिक्षा क्षेत्रमा नयाँ ऊर्जा,नयाँ सोच र सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।
