
dsbus
Bksbus5
Csbus
Ratbs
Jsbus
Gsl
Gsbus
Nssbus7
Ddhbs
Rbs
gms
Pbu
Ssbus
Amb

Wsp
Pvg
Tsm
Rgs
Rsb
Gst
Rgu
Asm
Rgu
Ksm
Sls
nsb
Bbbpu
Hal
Vor
Sbs
Ggd
Bbu
Ssm

Ptm
Pls
Rpp
Gsb
Jmb
Bml
sab
Jmb
Mks
Rmb
Syp
bbt
Abd
दाङ । अभिभावकले आवश्यक समय,मार्गदर्शन र निगरानी नदिँदा बालबालिकाको सिकाइ र व्यवहारमा कमजोर हुने जोखिम बढ्ने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताएका छन् ।
राप्ती –२ लालमटियास्थित आदर्श नमूना माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे ।
विष्टले केवल ‘पढ’ भनेर दबाब दिएर मात्र अभिभावकको जिम्मेवारी पूरा नहुने स्पष्ट पार्दै घरमै अध्ययन,बानी–व्यवहार र मनोवैज्ञानिक अवस्थाबारे अभिभावकले नियमित ध्यान नदिँदा विद्यार्थी कमजोर बन्ने र अनुशासनसम्बन्धी समस्या देखिने टिप्पणी गरे । उनका अनुसार विद्यालयले मात्रै बालबालिकालाई रुपान्तरण गर्न सक्दैन, अभिभावक,शिक्षक र समुदाय सबैको समान जिम्मेवारी आवश्यक हुन्छ।
“बालबालिकालाई सही दिशा,सकारात्मक वातावरण र नियमित सघाउ घरमै मिले शिक्षा प्रभावकारी हुन्छ,” उनले भने । अभिभावकको संलग्नता अभावले विद्यार्थीको ध्यान केन्द्रित गर्न नसक्ने, कमजोर प्रदर्शन गर्ने कुलतमा फस्ने तथा आत्मविश्वास घट्ने समस्या बढ्ने विष्टको भनाइ थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । संविधानसभा सदस्य रेश्मीराज नेपाली,पूर्व प्रधानाध्यापक दामोदर पाण्डे, अक्षयकोषदाता रमेशमान गुरुङ,पूर्व शिक्षक डिलाराम आचार्य,युवा अभियन्ता प्रकाश शाही,अभिभावक जुना नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा २७ जना विद्यार्थीलाई अक्षयकोषमार्फत छात्रवृत्ति वितरण गरिएको थियो । विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती, अतिरिक्त क्रियाकलापका प्रदर्शन तथा विज्ञान प्रदर्शनीसमेत देखाएका थिए । वडा नम्बर २ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलवान चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रम शिक्षक अभिभावक संघका संयोजक लिलामणी पोख्रेलले स्वागत गरेका थिए भने सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोख्रेलले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।
