
mbd
Sds
Rbs
Pbu
Mbdvs
Gisld

Sbs
Sls
Tsm
Rgu
Bbu
Asm
Rgu
Bbbpu
Ssm
Pvg
Ksm
Rsb
Hal
Vor
Gst
Rgs
Ggd
nsb
Wsp

bbt
Pls
Rpp
Rmb
Ptm
Bml
Gsb
Mks
Syp
Jmb
sab
Abd
Jmb
काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।
त्यस्तै अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताउनु भयो । उहाँका अनुसार यी कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ । त्यो ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने पौडेलले जानकारी दिनु भयो ।
त्यस्तै उहाँले हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो,नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुनेछ,निर्देशक पौडेलले जानकारी दिनु भयो ।
