Sidha Patra आइतबार, मंसिर १४, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगहरुले धमाधम दोस्रो किस्ता तिर्न थालेका छन् ।

विद्युत प्राधिकरणका अनुसार आज थप चार उद्योग गरी ६ उद्योगले दोस्रो किस्ताबापतको रकम तिरेका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर पहिलो किस्ता तिरेका उद्योगीहरु अशोक स्टील, हुलास र हामा स्टीलले दोस्रो किस्ता रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

त्यस्तै उनका अनुसार प्राधिकरणले दोस्रो किस्ता रकम तिर्न पत्राचार गर्न थालेसँगै उद्योगीहरु धमाधम दोस्रो किस्ताको रकम तिर्न आएको बताए । उनले अहिलेसम्म अशोक स्टीलले ६३ लाख रुपैयाँ, हुलास स्टीलले ५० लाख ४३ हजार रुपैयाँ र हामा स्टीलले २० लाख ८९ हजार रुपैयाँ तिरेको बताए । यसैगरी शुभश्री अग्नि सिमेन्टले पनि दोस्रो किस्ताबापतको रकम तिरेको छ । शुभश्रीले ३ लाख ५३ हजार रुपैयाँ बुझाएको हो ।

यस्तै प्राधिकरणले लाइन काटेपछि उक्त रकम बराबरको पहिलो किस्ता तिरेका थिए । यसअघि सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलले पनि बक्यौताको दोस्रो किस्ता तिरिसकेका छन् । जसमा लक्ष्मी स्टीलको १९ करोड ३ लाख रुपैयाँ छ भने सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख रुपैया कुल बक्यौता छ । प्राधिकरणले कुल बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ । गत कार्तिकमा बक्यौता नतिरेको भन्दै प्राधिकरणले २५ उद्योगहरुको लाइन काटेको थियो ।

प्राधिकरणले लाइन काटेसँगै उद्योगहरुले पहिलो किस्ता बुझाएका थिए । उच्च सरकारी तहमा भएको समझदारीअनुसार पहिलो किस्तालाई ‘धरौटी’ मानेर कानुनी उपचार (पुनरवलोकन) मा जाने भनिए पनि प्राधिकरणले त्यसलाई नियमित किस्ताकै रूपमा अघि बढाएको छ । प्राधिकरणले प्रशासकीय पुनरवलोकनको प्रक्रिया नब्युताइँ नियमित किस्ता असुलीको प्रक्रिया थालेको छ ।

त्यस्तै २०७२ माघदेखि २०७५ वैशाखसम्म प्रिमियम महसुलबापत ३५ उद्योगका कुल ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता थियो । लोडसेडिङको समयमा विद्युत् उपभोग गरेका यी उद्योगहरूबाट हालसम्म २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल भइसकेको छ भने अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ उठ्न बाँकी छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]