
Nssbus7
Gsl
Amb
gms
Ssbus
Ddhbs
Bksbus5
Jsbus
Rbs
Syees
syysr
Gsbus
Pbu
dsbus
Ratbs
Csbus

Bbu
nsb
Rgu
Wsp
Ksm
Sbs
Tsm
Pvg
Ggd
Rgu
Gst
Hal
Vor
Bbbpu
Asm
Sls
Rsb
Ssm
Rgs

Rmb
Pls
sab
Ptm
Mks
Jmb
Rpp
Jmb
Abd
bbt
Bml
Syp
Gsb
दाङ । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छिन् । बाटो सम्वन्धि विवादको क्रममा उनी माथी उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ ।
राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिला माथी जाईलागेपछि पूर्व सांसद थारु माथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको । सोही ठाउँका जानकी चौधरी,गायित्री चौधरी,चन्द्रमती चौधरी,सरस्वती चौधरी,अञ्जु चौधरी,छेदु चौधरी र राजकुमार चौधरीले आफुलाई लछारपछार गरेको आरोप उनले लगाएकी छिन् । आफू माथि हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्धा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छिन् ।
त्यस्तै गंगाले भनिन्, ’माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले चिनेको छु सबैलाई,बाटोमा समस्या समाधान गर्न गएकी थिएँ,घुँडामा चोट लागेको छ,मंगलसुत्र लुटेर लगेका छन्, प्रहरीले भोली छलफलका लागि इलाका प्रहरी कार्यालय सिसहनियाँमा बोलाएको छ अवस्था हेरेर कानुनी प्रकृया अगाडी बढाउँछु उनले भनिन् ।’
यता गंगा थारुलाई हातपात तथा लछारपछार गर्ने महिलाहरुले भने पहिला गंगाले नै गायित्री चौधरीलाई थप्पड हानेपछि आफुहरुले हातपात गरेको बताएका छन् । जग्गाको सिमाना विवादमा गंगा र छिमेकी बीच विवाद भएको थियो । सांसद बन्नकै लागि कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने उनी अहिले राजावादी आन्दोलनमा सक्रिय रहेकी छिन् ।
