
Rbs
Pbu
mbd
Mbdvs
Sds
Gisld

Rgu
Ssm
Rgs
Gst
Wsp
Tsm
Asm
nsb
Sbs
Ggd
Vor
Ksm
Pvg
Sls
Rgu
Rsb
Bbbpu
Hal
Bbu

Pls
Rmb
sab
Rpp
Abd
Jmb
Bml
Jmb
Gsb
Syp
Ptm
Mks
bbt
दाङ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी स्थित दाङकाे राप्ती गाउँपालिकामा भूमि समस्या समाधान आयोगको लगत संकलन इकाईको कार्यालय उद्घाटन गरिएको छ ।
भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मसुरीयामा कार्यालयको उद्घाटन गर्नु भएको हो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षता तथा मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता र भुमि सम्विन्धी समस्या समाधान आयोगका सदस्य शोभाराम बस्नेत एवं उपाध्यक्ष जगदम्वाकुमारी चौधरीकोको विशिष्ट आतिथ्यतामा कार्यालयकाे उद्घाटन गरिएको छ ।
त्यस्तै भूमिहीन दलित,भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन,भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्न सुनिश्चितता गर्न,भुइँ तहका नागरिकलाई लोकतन्त्रको अनुभूति गराउनुका साथै देशको समग्र आर्थिक तथा सामाजिक उन्नतिका लागि पनि लामो समय देखिको भूमिसम्बन्धी समस्या निरूपण गर्नका लागि काम गर्ने उदेश्यका साथ भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाईको कार्यालय उद्घाटन गरिएको हो ।
भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने,मुक्त कमैया,कमलरी,हरुवाचरुवा,हलिया,भूमिहीन, सुकुमबासी पहिचान गरी बसोबासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सँगैै उनीहरूलाई पुनस्र्थापन गर्ने,भूमिको दिगो उपयोग र कृषियोग्य भूमिमा किसानको अधिकार सुनिश्चित गर्नेसमेत संविधानको भावनालाई मूर्त रूप दिन उपलब्ध जमिनको यथोचित व्यवस्थापन गर्न भूमि सम्बन्धी समस्या समाधान आयोग भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाईको कार्यालयद्धारा लगत संकलन गरिने भएको हो ।
यस्तै भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिसम्बन्धी ऐन,२०२१ को दफा ५२ ख को उपदफा ६ बमोजिम नेपाल सरकारबाट भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएको हो । यस आयोगको समयावधी ३ वर्ष रहेको छ ।
