
Gsl
Ddhbs
Nssbus7
gms
Ssbus
Ratbs
Bksbus5
Amb
Jsbus
Rbs
Pbu
dsbus
Csbus
Gsbus

Bbu
Sbs
Asm
nsb
Pvg
Rgu
Gst
Ksm
Wsp
Tsm
Ggd
Vor
Rgu
Rsb
Sls
Ssm
Rgs
Hal
Bbbpu

Bml
sab
Rpp
Pls
Abd
Jmb
Gsb
bbt
Syp
Mks
Rmb
Jmb
Ptm
दाङ । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाको आयोजनामा तथा गढवा गाउँपालिकाको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर–६ मनिकापुरस्थित दुर्गा आधारभूत विद्यालयमा विद्यार्थीहरुका लागि विशेष नैतिक तथा आध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी यसोदा भट्टराई तथा राजयोग प्रशिक्षण केन्द्र घोराहीकी प्रशिक्षकद्वारा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जीवन उपयोगी नैतिक मूल्य, सकारात्मक सोच,आत्मअनुशासन,सम्मान, आत्म–पहिचान तथा तनाव व्यवस्थापन सम्बन्धी महत्वपूर्ण प्रशिक्षण प्रदान गरिएको थियो।
विद्यार्थीलाई सही जीवन मूल्यका गुणहरु विकास गर्न मद्दत पुग्ने उद्देश्यले संचालित यस प्रशिक्षण मार्फत सकारात्मक आत्मविकास,आत्मबल वृद्धि, शान्ति,संयम र सदाचारयुक्त व्यवहारका बारेमा विशेष मार्गदर्शन दिइएको विद्यालयका प्रधानाध्यापक स्वामी यादवले जानकारी दिए ।
कार्यक्रमले विद्यार्थीको मानसिक स्वास्थ्य तथा व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाकी प्रमुख ब्राह्मकुमारी यशोदा भट्टराईले जानकारी दिए । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय मुख्य रूपमा मानव जीवनका मूलभूत नैतिक मूल्य,सकारात्मक सोच,आत्मशुद्धि र शान्तिमय जीवनशैली विकासमा केन्द्रित संस्था हो। यसले व्यक्तिलाई बाह्य परिवर्तनभन्दा पनि आन्तरिक चेतना र मनोवैज्ञानिक सुदृढता मार्फत परिवर्तन गर्न प्रोत्साहित गर्छ । राजयोग ध्यान,चरित्र निर्माण, आत्म–अनुशासन,पारिवारिक सद्भाव, तनाव नियन्त्रण,क्रोध व्यवस्थापन,शान्तिपूर्ण व्यवहार, आध्यात्मिक ज्ञान र सत्कार्यप्रति प्रेरणा यसको प्रमुख विषय हुन्। यस संस्थाले मानिसले आफूभित्रको शान्ति,प्रेम, सुख, शक्ति र पवित्रता जस्ता गुणलाई पहिचान गरी दैनिक जीवनमा लागू गर्न सके समाज स्वतः सदाचारी, सुरक्षित र सकारात्मक बन्ने विश्वास गर्छ ब्रह्मकुमारी भट्टराईले बताइन् ।
विद्यालय प्रशासन,शिक्षक–स्टाफ तथा विद्यार्थीहरुको उत्साहजनक सहभागितासहित सम्पन्न यो कार्यक्रमले शिक्षा क्षेत्रमा नैतिकताको प्रोत्साहन र सकारात्मक ऊर्जा प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

