
Gsbus
Nssbus7
dsbus
Pbu
Ddhbs
Amb
Rbs
gms
syysr
Gsl
Bksbus5
Syees
Jsbus
Ssbus
Ratbs
Csbus

Pvg
Hal
Ggd
Vor
Sbs
Sls
nsb
Wsp
Gst
Rgu
Asm
Bbu
Ssm
Rgu
Ksm
Rsb
Bbbpu
Tsm
Rgs

Gsb
Mks
Rpp
bbt
Pls
Syp
Ptm
Jmb
sab
Jmb
Bml
Abd
Rmb
दाङ । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्नेगरि माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको संयुक्त बैठक बसेर आफूहरुको स्वतःएकीकरण भएको घोषणा गरिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० अनुसार पाँच दल एकीकृत भई ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ दल मिति २०८२/०७/२८ मा निर्वाचन आयोगमा दर्ता भएपछि प्रदेशसभामा पनि संयुक्त संसदीय संरचना गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोख बहादुर महराले बताए ।
बैठकमा माओवादी केन्द्रका सांसद जोखबहादुर महरा,इन्द्रजीत थारु,दिपेन्द्र कुमार पुन,धनबहादुर मास्की,कृष्णा कुश्मा थारु,कृष्णा केसी,दिलकुमारी बुढा,यमबहादुर नेपाली,मिना खड्का,सुरुल पुन र एकीकृत समाजवादीकी सांसद भगवती अधिकारी उपस्थित रहेका थिए ।
त्यस्तै बैठकले नेपाली कम्युनिष्ट पार्टी, लुम्बिनी प्रदेश सभा संसदीय दल औपचारिक रूपमा गठन गर्दै नेतृत्व चयन गरेको छ । निर्णय अनुसार दल नेता जोखबहादुर महरा,प्रमुख सचेत इन्द्रजीत थारु, सचेतक भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ । महरा र थारु माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् भने अधिकारी एकीकृत समाजवादीबाट समानुपातिक सांसद हुन् ।
लुम्बिनी प्रदेशसभामा हाल कुल ८६ जना सांसद छन् । तीमध्ये सभामुखसहित ११ जना माओवादी केन्द्र र १ जना समाजवादी गरी हाल १२ जना सांसद नेपाली कम्युनिष्ट पार्टीका बनेका छन् ।
एकीकृत दलका सांसदहरुले अबदेखि लुम्बिनी प्रदेशसभामा ‘नेपाली कम्युनिष्ट पार्टी’ नामबाट संसदीय दलका रुपमा कार्य गर्ने जनाइएको छ ।बुटवलटुडे
