
Rsb
Ksb
Ssb
Bsn
Tgp
Csb
Ksb
Rks
Ksb
Usb
Nsb
Ssb
Gsb
Ppu

Gsb
Hl1
Ssb
Usb
Tsb

Rgu
ptl
Nps
दाङ । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्नेगरि माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको संयुक्त बैठक बसेर आफूहरुको स्वतःएकीकरण भएको घोषणा गरिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० अनुसार पाँच दल एकीकृत भई ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ दल मिति २०८२/०७/२८ मा निर्वाचन आयोगमा दर्ता भएपछि प्रदेशसभामा पनि संयुक्त संसदीय संरचना गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोख बहादुर महराले बताए ।
बैठकमा माओवादी केन्द्रका सांसद जोखबहादुर महरा,इन्द्रजीत थारु,दिपेन्द्र कुमार पुन,धनबहादुर मास्की,कृष्णा कुश्मा थारु,कृष्णा केसी,दिलकुमारी बुढा,यमबहादुर नेपाली,मिना खड्का,सुरुल पुन र एकीकृत समाजवादीकी सांसद भगवती अधिकारी उपस्थित रहेका थिए ।
त्यस्तै बैठकले नेपाली कम्युनिष्ट पार्टी, लुम्बिनी प्रदेश सभा संसदीय दल औपचारिक रूपमा गठन गर्दै नेतृत्व चयन गरेको छ । निर्णय अनुसार दल नेता जोखबहादुर महरा,प्रमुख सचेत इन्द्रजीत थारु, सचेतक भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ । महरा र थारु माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् भने अधिकारी एकीकृत समाजवादीबाट समानुपातिक सांसद हुन् ।
लुम्बिनी प्रदेशसभामा हाल कुल ८६ जना सांसद छन् । तीमध्ये सभामुखसहित ११ जना माओवादी केन्द्र र १ जना समाजवादी गरी हाल १२ जना सांसद नेपाली कम्युनिष्ट पार्टीका बनेका छन् ।
एकीकृत दलका सांसदहरुले अबदेखि लुम्बिनी प्रदेशसभामा ‘नेपाली कम्युनिष्ट पार्टी’ नामबाट संसदीय दलका रुपमा कार्य गर्ने जनाइएको छ ।बुटवलटुडे
