
Ksb
Tgp
Ksb
Rks
Rsb
Nsb
Ksb
Gsb
Ppu
Bsn
Usb
Ssb
Ssb
Csb

Gsb
Hl1
Ssb
Usb
Tsb

ptl
Nps
Rgu
तनहुँ । तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर–४, भित्री सडकखण्डमा आज टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नंम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु१क ३५९४ नम्बरको टिपर ठोक्किएको थियो ।
त्यस्तै दुर्घटनामा घाइते चन्दलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएका थिए । तर त्यहाँ पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
