
Rks
Ssb
Ksb
Ksb
Usb
Ssb
Rsb
Bsn
Nsb
Ksb
Tgp
Ppu
Gsb
Csb

Usb
Tsb
Hl1
Gsb
Ssb

Rgu
Nps
ptl
काठमाडौं । घुस लिएर उमेर घटाई राहदानी बनाइदिएको आरोपमा ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय गौरीगन्जका कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
त्यस्तै जिल्ला प्रशासनका तत्कालीन प्रशासकीय अधिकृतद्वय लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल तथा इप्रकाका तत्कालीन प्रमुख चूडामणि आँपगाईंसहित नासु रविनकुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहालविरुद्ध मुद्दा दायर भएको हो।
त्यस्तै उनीहरुले विनोद कुँवर,सीमान्त विश्वकर्मा, गोविन्प्रसाद ढुंगेल र बलराम महतोको उमेर घटाएर राहदानी बनाइदिएका थिए । राहदानीको अनलाइन प्रणालीमा जन्ममिति सच्याएर उनीहरूले आर्थिक चलखेल गरेका हुन् । पैसा लेनदेनको विषय कतै भने राहदानी विभागबाट पासपोर्ट नै ब्लक गरिदिने भनेर धम्क्याएकोसमेत अनुसन्धानमा खुलेको छ । नयाँपत्रीका
