सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख शुक्रबार, मंसिर ०५, २०८२

दाङ । जेनजी आन्दोलनको क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी,तोडफोड र लुटपाटमा संलग्न २७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही र तुलसीपुरमा रहेका अदालत कार्यालय तथा प्रहरी भवनमा तोडफोड,आगजनी र लुटपाटमा संलग्न २७ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङको नियमित पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक एसपी दीपक श्रेष्ठले आपराधिक गतिविधिमा संलग्नको खोजीका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड,आगजनी र लुटपाटमा संलग्न १२ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । प्रहरी उपरीक्षक एसपी श्रेष्ठका अनुसार दाङ जिल्ला अदालतको भवनमा तोडफोड,आगजनी र लुटपाटमा संलग्न तीन जना,इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला सरकारी वकिल कार्यालयको भवन तोडफोडमा संलग्न दुई÷दुई जना,घोराही स्थित भानुचोकमा रहेको प्रहरी विट तोडफोड,आगजनी तथा लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।

यसैगरी उच्च अदालत तुलसीपुर कार्यालय भवन र अस्थायी प्रहरी चौकी बसपार्कमा तोडफोड,आगजनी र लुटपाटमा संलग्न सात जनालाई पक्राउ गरी इलाका प्रहरी कायालय तुलसीपुरबाट मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

त्यस्तै उनका अनुसार उच्च अदालत तुलसीपुर कार्यालय भवनमा संलग्न चार जना र अस्थायी प्रहरी चौकी बसपार्कमा संलग्न तीन जना रहेका छन् । पक्राउ परेका २७ जनालाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको बताए । जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाज,विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक तथा सिसिइटिभीमा कैद भएको भिडियोका आधारमा संलग्नको पहिचान गर्दै पक्राउ गरिएको बताए ।

त्यसक्रममा कतिपय फरार रहेका उनीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षकको कमान्डमा विशेष टोली गठन गरेर खोजी कार्य भइरहेको बताए । प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘पहिलो चरणमा सुरक्षा निकाय तथा अदालतका भवनमा तोडफोड,आगजनी र लुटपाटमा संलग्न केहीलाई पहिचान गरेर पक्राउ गरेका छौँ ।

अन्य सरकारी कार्यालयसँगै निजी भवनमा तोडफोड र आगजनी गर्नेको पहिचान गर्दै खोजी गर्ने काम इरहेको छ ।’ उनले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिसँगै निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भए पनि अहिलेसम्म कसैको तर्फबाट उजुरी भने नपरेको बताए ।

एक सय एक जना फरार प्रतिवादी पक्राउ

यसैबिच दाङमा प्रहरीले दुई महिनाको अवधिमा एक सय एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भएर फरार रहेका एक सय एक जना प्रतिवादीलाई प्रहरीले असोज र कात्तिक महिनामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

त्यस्तै उनका अनुसार पक्राउ परेका प्रतिवादीबाट ३८ वर्ष छ महिना चार दिन र छ लाख ४५ हजार एक सय ३९ रुपैयाँ कैद भुक्तानी भएको छ । अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

एक सय ७१ मुद्दा दर्ता

यसैबिच जिल्ला प्रहरी कार्यालयमा असोज र कात्तिक महिनामा एक सय ७१ मुद्दा दर्ता भएका छन् । दर्ता भएका एक सय ७१ मुद्दामध्ये ७० वटा फस्र्यौट भएका छन् भने एक सय एक मुद्दा बाँकी छन् । उक्त मुद्दामा दुई सय ३२ जना पक्राउ परेका छन् भने २८ जना फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी शाहका अनुसार सबैभन्दा धेरै झुन्डिएर आत्महत्या सम्बन्धी २३ वटा,अभद्र व्यवहारका २८ वटा, चोरीका १६ वटा, लागूऔषध दुव्यवर्सनी र भवितव्य ज्यानका समान १४÷१४ वटा,सवारी ज्यान र जुवाका समान ११÷११ वटा,फुटकर ज्यानका १० वटा,बैंकिङ कसुरका आठ वटा दर्ता भएका छन् ।

यसैगरी आपराधिक उपद्रवका सात,जबर्जस्ती करणीका छ वटा,ज्यान मार्ने उद्योगका पाँच वटा, कर्तव्य ज्यान र विष सेवन गरेर आत्महत्याका तीन÷तीन,बाल यौन दुरुपयोग,बहुविवाह र आत्महत्या दुरुत्साहनका दुई÷दुई वटा,जबर्जस्ती करणी उद्योग,सवारी भवितव्य,चोरी उद्योग,बेवारिसे ज्यान,ठगी र विष्फोटक पदार्थका समान एक÷एक वटा मुद्दा दर्ता भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]