
gms
Csbus
Rbs
dsbus
Nssbus7
Amb
Ratbs
Ssbus
Pbu
Gsbus
Jsbus
Gsl
Bksbus5
Ddhbs

Hal
Rsb
Rgu
Bbbpu
Pvg
nsb
Rgu
Gst
Wsp
Bbu
Tsm
Sbs
Ssm
Sls
Asm
Ggd
Ksm
Rgs
Vor

bbt
Pls
Mks
Jmb
Ptm
Rmb
Bml
Syp
Gsb
Jmb
sab
Abd
Rpp
दाङ । पाल्पाको रानीमहल घुम्नका लागि विद्यार्थी बोकेर गएको बस शुक्रबार विहान दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी ११ जना सामान्य घाइतेफ भएका छन् ।
दाङको राजपुर स्थित साधारण नमूना माध्यमिक विद्यालयबाट विद्यार्थी लिई पाल्पा भ्रमणको लागि गएको ना ५ ख१०८९ नम्बरको बस शुक्रबार विहान करिब ६ बजे दुर्घटनामा परेको हो । पाल्पाको रानिमहल जाने क्रममा तानसेन नगरपालिका -१३ बैकण्ठे भिर नजिकै बस अचानक आफै अनियंत्रित भई सडकको भित्तामा ठोकिन पुगेको थियो ।
त्यस्तै दुर्घटनामा परी घाइते हुनेहरुमा दाङ राजपुर गाउँपालिका-४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका-११ का २२ वर्षीय दामोदर रेउले,बस चालक घोराही-१४ का ३५ वर्षिय सन्तोष ढकाल,राजपुर-५ की १२ वर्षीया सन्ध्या भण्डारी, राजपुर-६ की १८ वर्षिया दिल कुमारी रावत रहेकी छन् । यसैगरी राजपुर-६ की १० वर्षीया सन्तोषी चौधरी,१९ वर्षिय अजय नेपाली,राजपुर-५ की २३ वर्षीया सृजना यादव, १३ वर्षिय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही-९ का ३५ वर्षीय बसन्त योगी सामान्य घाइते भएका छन् ।
