Sidha Patra शुक्रबार, मंसिर ०५, २०८२

दाङ । पाल्पाको रानीमहल घुम्नका लागि विद्यार्थी बोकेर गएको बस शुक्रबार विहान दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी ११ जना सामान्य घाइतेफ भएका छन् ।

दाङको राजपुर स्थित साधारण नमूना माध्यमिक विद्यालयबाट विद्यार्थी लिई पाल्पा भ्रमणको लागि गएको ना ५ ख१०८९ नम्बरको बस शुक्रबार विहान करिब ६ बजे दुर्घटनामा परेको हो । पाल्पाको रानिमहल जाने क्रममा तानसेन नगरपालिका -१३ बैकण्ठे भिर नजिकै बस अचानक आफै अनियंत्रित भई सडकको भित्तामा ठोकिन पुगेको थियो ।

त्यस्तै दुर्घटनामा परी घाइते हुनेहरुमा दाङ राजपुर गाउँपालिका-४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका-११ का २२ वर्षीय दामोदर रेउले,बस चालक घोराही-१४ का ३५ वर्षिय सन्तोष ढकाल,राजपुर-५ की १२ वर्षीया सन्ध्या भण्डारी, राजपुर-६ की १८ वर्षिया दिल कुमारी रावत रहेकी छन् । यसैगरी राजपुर-६ की १० वर्षीया सन्तोषी चौधरी,१९ वर्षिय अजय नेपाली,राजपुर-५ की २३ वर्षीया सृजना यादव, १३ वर्षिय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही-९ का ३५ वर्षीय बसन्त योगी सामान्य घाइते भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]