
Rsb
Ksb
Csb
Ssb
Usb
jsb
Rks
Tgp
Ksb
Fmb
Ppu
Ksb
Bsn
Gsb
Ssb
Nsb

Usb
Tsb
Ssb
Gsb
Hl1

ptl
Nps
Rgu
काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५ लाख नाघेको छ । हालसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । त्यस्तै विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् ।
यस्तै कोरोनाका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ कोरोनाका कारण सबैभन्दा धेरै पाँच लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै अमेरिकामा दुई करोड ८९ लाखभन्दा धेरैलाई संक्रमण भएको छ । यस्तै,भारतमा एक करोड १० लाखभन्दा धेरै संक्रमित हुँदा एक लाख ५६ हजारभन्दा धेरैको ज्यान गएको छ ।
