
ksb
Dbs
lnp
Jns
Lnp
Ggp
Asb
Sgp
Usb
Rgp
Pbu
Lks
Rgp
Ggp
Rgp
Dus
Rgp


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६,को वडा कार्यालय खाङ्ग्रा नाकाको बाहिर दुई ठाउँमा ठूलो मात्रामा पाइप भण्डारण गरिएको छ ।
जिआईपाइप आउन बाँकी रहेको वडाध्यक्ष श्याम रोकाले जानकारी दिए । ‘हाम्रो अफिस भन्दा धेरै यहाँ हुन थाल्यो’–खानेपानीको अवस्था अवलोकन गर्न पुग्नुभएका खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर इन्द्र बहकरीले भने– ‘हेर्नुस त, यत्रो पाइप,काममा लगाउनुपर्यो ।’ उनले पाइप थुपार्नुभन्दा छिटो जोडेर पानी ल्याउन सुझाव दिए ।
वडाध्यक्ष रोकाका अनुसार पूर्वाधार भन्ने संस्थाले खानेपानीको जिम्मा लिएको छ । गाउँपालिकाबाट खानेपानीको पाइप र टंकी बनाउने योजना छ । छिट्टै निर्माण कार्य शुरु हुँदैछ । त्यो सम्पन्न भयो भने खानेपानी सहज हुनेछ । त्यसका लागि आवश्यक जिआईपाइप पनि खरिद भइसकेको अध्यक्ष रोकाले जानकारी दिए । उनका अनुसार टिप्पर छिर्ने रोड बनाएपछि जिआईपाइप खाङ्ग्रामा लगिनेछ । वर्षातले पारेका चिरा, खोपिल्टा र साँघुरो सडक मर्मत गरिनेछ ।
त्यस्तै अहिलेसम्म खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बनाएको योजनाबाट पानी चलेको छ । अध्यक्ष रोकाका अनुसार केही धारामा आउँछ केहीमा बन्द भएको छ । पुरानो पानीले पुगेन भने त्यसमा थप्न नयाँ टंकी निर्माण कार्य गरिदैछ । ‘अहिले खोलाको पानी ल्याएर खान्छौं ।’ सशस्त्र प्रहरी सीमा सुरक्षा बल खाङ्ग्राका इञ्चार्ज दुतप्रसाद नेपालीले भने– ‘खोलाको पानी जम्मा गरेर ल्याएका छौं ।’ उनका अनुसार खानेपानीको अत्यधिक समस्या छ,उज्यालोका लागि विद्युत छैन,सजिलो बाटो छैन,फोन गर्न नेटवर्क छैन,नेट इन्टरनेटदेखि सबैबाट बञ्चित छ ।
वडाध्यक्ष रोकाले यसपटक बत्ती पनि खाङ्ग्रामा पुग्ने बताए । उनका अनुसार पुग्ने गरी विद्युतका पोल गाड्ने काम हुँदैछ । विद्युत आयो भने टेलिकमको टावर आउँछ,नेट चल्ने सुविधा आउँछ । त्यसैले पूर्वाधार निर्माणको कामलाई तीब्रता दिइनेछ र यसै वर्ष पूरा गर्ने लक्ष्य रहेको छ । नाका क्षेत्रको मुख्य बजारका रुपमा रहेको खाङ्ग्रालाई बिजुलीले झिलिमिली बनाउने योजना छ । घर घरै धारा ल्याई खानेपानीको सुविधालाई पनि व्यवस्थित गर्ने सोचिएको छ ।
‘भएको पुरानो योजनालाई राम्रोसँग सञ्चालनमा नल्याउने अर्को थप्ने ठीक भएन’– खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले भने– ‘पुरानै चलाए भैगो नि ?’ उनका अनुसार पुरानो सञ्चालन नगर्ने नयाँ मात्रै थप्दै जाने हो भने सम्भव हुँदैन । पुरानो मर्मत नगर्ने बानी बस्यो भने नयाँ योजना पनि धेरै दिन नटिक्न सक्छ । त्यसैले पुरानोलाई हिफाजत गर्नुपर्छ । नयाँ योजनालाई पनि राम्रोसँग सम्पन्न गरेर आवश्यक स्याहार गर्नुपर्छ ।नयाँयुगबोध
