
Pbu
Dus
Lks
Usb
Rgp
Rgp
Asb
Rgp
Ggp
Dbs
Rgp
Sgp
Lnp
Jns
ksb
Ggp
lnp


नवलपरासी । नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नं. को कार भुमहीको बडेरामा पुलदेखि तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।
इलाका प्रहरी कार्यालय सुनवलका अनुसार सोमबार दिउँसो १ बजेतिर भएको उक्त दुर्घटनामा परी अर्घाखाँचीको धातिवाङ ८ का मणिराम पौडेलको मृत्यु भएको छ।
त्यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई तत्काल उद्धार गरी उपचारको लागि नजिकैको पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएकोमा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी कार चालक हरिशचन्द्र पौडेल सामान्य घाइते भएका छन् । मृतक मणिराम हरिशचन्द्रका बुवा हुन्। प्रहरीका अनुसार बाबु छोरा भएर अर्घाखाँचीबाट काठमाडौं जाँदै थिए।
यस्तै इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले घटनास्थलको प्रकृतिलाई हेर्दा तीव्र गतिका कारण अनियन्त्रित भई कार पुलदेखि तल खोलामा खसेको हुनसक्ने बताए।
