Sidha Patra सोमबार, मंसिर ०१, २०८२

दाङ । प्रहरीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड र आगजनीमा संलग्न रहेका थप चार जनालाई पक्राउ गरेको छ ।

आपराधिक प्रवेश तथा आपराधिक उपद्रव गरेको अपराधमा प्रहरीले ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरी क्षती पुर्‍याएको आरोप घोराही उपमहानगरपालिका वडा नम्बर १८,का २४ वर्षीय संजित घर्ती मगर र पाल्पाको माथागढी गाउँपालिका–४,झडेवाका १८ वर्षीय विशाल नेपाली पक्राउ परेका हुन् । उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट सात दिनको अनुमति प्राप्त गरेको छ।

त्यस्तै,जिल्ला अदालत दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड,लुटपाट र आगजनी गरेको आरोपमा प्रहरी थप दुई जनालाई पक्राउ गरेको छ । घोराही–१५,शहिद गेटका २८ वर्षीय विकास भुषाललाई जिल्ला अदालतमा तोडफोड, आगजनी गरेको आरोपमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड,चोरी र आगजनी गरेको आरोपमा घोराही–१०,नारायणपुरका १९ वर्षीय अनिल विक पक्राउ परेका छन् ।

डिएसपी शाहका अनुसार आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतले उनीहरुलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । पक्राउ परेका सबै माथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

त्यस्तै यसअघि भदौ २४ को जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयमा तोडफोड, चोरी र आगजनी गरेको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरि सकेको थियो । हालसम्म प्रहरीले तोडफोड,लुटपाट र आगजनी गरेको आरोपमा २४ जनालाई पक्राउ गरि सकेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]