शरद सागर देवकोटा शनिबार, कार्तिक २९, २०८२

दाङ । गौमुखी बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं वार्षिक साधारण शभा शनिबार आज लमहीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पदमप्रसाद पुडासैनीको अध्यक्षता तथा सहकारीका जेष्ठ सदस्य गिरिराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अबसरमा बोल्दै प्रमुख अतिथी खनालले बचत तथा ऋण सहकारी संस्था देशको आर्थिक मेरुदण्ड भएको बताए । उनले गाउँघरमा छरिएर रहेको पुजीलाई एकत्रीत गरि सहकारीको माध्यमबाट साना तथा मझौला उद्यम ब्यबसाय सचालन गरेर आत्म निर्भर बन्नका लागी बचत तथा ऋण सहकारीले समुदायमा राम्रो भुमिका खेलेको बताए । दुख गरेर छाक काटेर बचत गरेको रकमलाइ सहि सदुपयोग गरिदिन संचालक समितिलाइ आग्रह गरे ।

संस्थाका उपाध्यक्ष अन्जु भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष पदमप्रसाद पुडासैनीले प्रस्तुत गरेका थिए । प्रगति प्रतिबेदन सचिव तिर्थराज पोख्रेलले र आर्थीक प्रतीबेदन संस्थाका कोषाअध्यक्ष ऋषिराम आचार्यले प्रस्तुत गरेका थिए भने त्यसैगरी लेखासुपरीक्षण समितिको प्रतिवेदन सदस्य तिलकराज सुवेदीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उतकृष्ट कार्य गर्ने विभिन्न ब्यक्तीहरुलाई सम्मान गरिएको थियो । जेष्ठ नागरिकको तर्फबाट सहकारीका जेष्ठ शेएर सदस्य गिरिराज खनाललाई सम्मन गरिएको थियो । यस्तै असल मासिक बचत कर्ताबाट सुमित्रा कुमारी घिमिरे, असल कर्जा अजुलीबाट पुर्णा अधिकारि,असल दैनिक बचत कर्ताबाट बिन्दु सिंहलाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारीको तर्फबाट पबित्रा आचार्य,शेएर सदस्य सान्ता घिमिरेलाई सम्मान गरिएको थियो । बिस्णु आचार्य,श्रीजना सुवेदी,पदम प्रसाद गोराथोकीले मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सचालन संस्थाका सचिव तिर्थराज पोख्रेलले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]