
Ksb
Ssb
Gsb
Usb
Ssb
Ksb
Nsb
Bsn
Rsb
Rks
Ksb
Ppu
Tgp
Csb

Ssb
Tsb
Hl1
Usb
Gsb

Nps
Rgu
ptl
दाङ । जेनजी आन्दोलनका नाममा आगजनी, तोडफोड तथा चोरी गर्ने थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी र लुटपाट गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका –१५, शहीद गेट नजिक बस्ने २८ वर्षीय विकास भुषाल र घोराही उप–महानगरपालिका–१०, नारायणपुर बस्ने १९ वर्षीय अनिल बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
भुषाललाई जिल्ला अदालत दाङको भवनमा आगजनी गरी लुटपाट–चोरी गरेको प्रमाणका आधारमा पक्राउ गरिएको हो । उनले आन्दोलनकै भीडमा अदालत भवनभित्र प्रवेश गरी सामग्री नष्ट गर्ने,कागजात तथा उपकरणमा क्षति पुर्याउने कार्यमा भूमिका खेलेको प्रहरीले जनाएको छ ।
यस्तै बिकलाई इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा आगजनी गरेको अभियोगमा पक्राउ गरिएको हो । उनी पनी आन्दोलनकै भीडमा प्रहरी कार्यालय भवनमा प्रवेश गरी आगजनी गरी क्षति पुर्याउने समूहमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।
सार्वजनिक सम्पत्ति तोडफोड,कार्यालय भवनमा आगजनी तथा चोरीमा संलग्नलाई प्रहरीले अहिले धमाधम पक्राउ गर्न थालेको छ । आन्दोलनको बहानामा सरकारी कार्यालयमा आगजनी,तोडफोड, लुटपाट र चोरी गर्नेहरुलाई पहिचान गरी पक्राउ गर्ने कार्यलाई प्रहरीले तिब्र पारेको छ । पछिल्लो पटक पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
