
Rgp
lnp
Jns
Lnp
ksb
Ggp
Lks
Rgp
Asb
Usb
Rgp
Dus
Sgp
Rgp
Ggp

lms

दाङ । बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यशाला शुक्रवार दाङको भालुवाङमा सम्पन्न भएको छ । नेपाल सरकार,युनिसेफ,नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।
मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता एवम् सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यशाखा समापन कार्यक्रममा सहभागीहरुले विद्यालय सुरक्षित नभएसम्म गुणस्तरीय सिकाई सम्भव नहुने बताएका छन् ।
उनीहरुले विद्यालयहरुमा विपद्–पूर्व तयारी नगर्ने प्रवृत्तिले ठूलो जोखिम निम्त्याउने चेतावनी समेत दिएका छन् । सहभागीहरुले अधिकांश विद्यालयमा भूकम्पीय सुरक्षित संरचना,आकस्मिक बाहिरिने मार्ग, आगलागी नियन्त्रण सामग्री, प्राथमिक उपचार सामग्री तथा नियमित सुरक्षा अभिमुखीकरण जस्ता आधारभूत व्यवस्था नहुँदा विपद् आएमा ठूलो मानवीय क्षति हुन सक्ने धारणा राखेका थिए ।
सो अवसरमा लमही नगरपालिकाकी कार्यवाहक नगरप्रमुख लक्ष्मी योगी,शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमिक्त महानिर्देशक नारायण प्रसाद पोख्रेल,शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणी चौधरी, सहभागीको तर्फबाट सत्य मावि ददेरीका प्रधानाध्यापक नारायण प्रसाद पौडेल लगायतका वक्ताहरुले बोलेका थिए ।
कार्यशालामा विद्यालय सुरक्षा गुरुयोजनाको स्वरुप, उद्देश्यमूलक जोखिम पहिचान,सम्भावित विपद्का प्रकार, न्यूनीकरणका उपाय तथा विद्यार्थी–केन्द्रित सुरक्षा गतिविधिको सूचीकृत योजना बनाउन आवश्यक विधि सिकाइ गरियो । प्रशिक्षणले विद्यालयस्तरमा विपद जोखिम न्यूनीकरणलाई संस्थागत गर्दै व्यवहारमै उतार्ने प्रतिबद्धता सहभागीहरुले व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयहरुमा देखिएका सुरक्षा चुनौती, विपद्–पूर्व सुरक्षात्मक तयारीको अभाव,भौतिक संरचनाको कमजोरी तथा दीगो सुरक्षा योजनाको आवश्यकता बारे विस्तृत छलफल गरिएको थियो । कार्यशालामा लुम्बिनी प्रदेशका शिक्षा समुह अन्तरगत शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका प्रमुख,शिक्षा अधिकृत, प्रधानाध्यापक,अपाङग,पत्रकार र गैरसरकारी महासंघका प्रमुख तथा प्रतिनिधि,रेडक्रस तथा विभिन्न विकास साझेदार संस्थाका प्रतिनिधिहरको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रकाश खरेलले गरेका थिए ।कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले गरेका थिए ।
