
Sgp
Rgp
lnp
Usb
Lks
ksb
Ggp
Pbu
Dbs
Rgp
Dus
Lnp
Asb
Rgp
Rgp
Ggp
Jns


दाङ । देउखुरीको भालुवाङ होटेल व्यवसाय समितिको नवौँ बार्षिक साधारणसभा शुक्रबार भालुवाङमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष सुमन्त भुसालको अध्यक्षता तथा होटेल व्यवसाय महासंघ नेपाल लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभाको उद्धाटन गर्दै होटेल व्यवसाय महासंघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष पुनले होटेल व्यवसायहरुले होटेल मात्र सञ्चालन गरेर नभई होटेलले दिने सेवा सुविधा र व्यवस्थापनमा ध्यान दिन सुझाब दिए । उनले हरेक होटेल व्यवसायहरु ग्राहक मैत्री बन्न आग्रह गरे । बरिष्ठ उपाध्यक्ष पुनले गाडीका यात्रुलाई खाना खुवाउने होटेलहरुको सेवा प्रबाहका विषयमा ब्यापक गुनासो आएकोमा आफ्नो गम्भीर ध्यानकर्षण भएको बताउँदै समस्या समाधानका लागि महासंघ तयार रहेको बताए ।
समितिका बरिष्ठ उपाध्यक्ष प्रेम खत्रीको स्वागत मन्तब्यबाट शुरु भएको साधारणसभामा समितिका महासचिव दुर्गाप्रसाद पन्थीले बार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा दाङ–देउखुरी होटेल व्यवसाय समितिका अध्यक्ष इश्वर बुढा,लमही होटेल व्यवसाय समितिका सह–सचिव बाबुराम खनाल, गढवा होटेल व्यवसाय समितिका अध्यक्ष रामबहादुर थापाक्षेत्री,सोही समिति कै संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष दयाराम थापा, भालुवाङ होटेल व्यवसाय समितिका निर्वतमान उपाध्यक्ष नारायण शर्मा,संस्थापक अध्यक्ष भिमार्जुन सुवेदी,देउखुरी टुडे डटकमका प्रधानसम्पादक सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार तथा निर्वतमान अध्यक्ष महेश बेल्बासेले गरेका थिए ।
