
Rgp
lnp
Usb
Pbu
Dus
Ggp
Ggp
Rgp
ksb
Lks
Lnp
Dbs
Jns
Rgp
Asb
Sgp
Rgp


दाङ । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ का रमेश चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
