Sidha Patra बिहिबार, कार्तिक २७, २०८२

काठमाडौँ । नेपाल प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५,स्थित सानो पोखराबाट ठुलो परिमाणमा लागुऔषध (ट्रामाडोल) बरामद गरेको छ ।

बिहीबार ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए । लागुऔषध कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा,बकैया गाउँपालिका –१२ घर भएका १९ वर्षीय अशोक स्याङतान, हेटौँडा–१७ बस्ने २० वर्षीय प्रवेश बरैली, हेटौँडा–४ बस्ने २० वर्षीय निशान कोइराला र मकवानपुरगढी गाउँपालिका–२ बस्ने २३ वर्षीय दीपेश सञ्जेल छन् ।

यस्तै लागुऔषध ओसारपसारमा संलग्न बक्सर भनेर चिनिने रवि लामा यसअघि बलात्कार मुद्दामा ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । खाल्डो खनेर ट्रामाडोल लुकाउन लागेको अवस्थामा विशेष सुराकको आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी बोहराले बताए । आरोपीहरु विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]