आलोक भाबुक/गढवा बिहिबार, कार्तिक २७, २०८२

दाङ । देउखुरीको गढवा गाउँपालिकाको समन्वयमा विद्यालयस्तरमै कुष्ठरोग पहिचानका लागि बिहीबारदेखि स्क्रिनिङ कार्यक्रम सुरु गरिएको छ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र,फेयर मेड फाउन्डेशन नेपाल र प्रेरणा परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत आज (बिहीबार) गढवा गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय, बिद्यानगर गोबरडिहामा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

कार्यक्रममा १ सय ११ जना छात्रा र ८१ जना छात्रा गरी कुल १ सय ९२ जना विद्यार्थीको कुष्ठरोग स्क्रिनिङ गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

गाउँपालिकाले विद्यालय केन्द्रित अभियानमार्फत बालबालिकामाझ कुष्ठरोगबारे सचेतना अभिवृद्धि र समयमै रोगको पहिचान गर्ने उद्देश्य लिएको जनाएको छ । यसअघि जनता माध्यमिक विद्यालय, गढवा मा पनि सोही उद्देश्यका साथ कुष्ठरोगी खोज–पडतल कार्यक्रम सम्पन्न भइसकेको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रमको अनुगमन गढवा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कैलाश चन्द्र चौधरी र प्रेरणा परियोजनाका सामाजिक परिचालक अमित यादवले गरेका थिए । प्रमुख चौधरीका अनुसार गाउँपालिकामा कुष्ठरोगी देखिएका वडाहरूमा विशेष प्राथमिकताका साथ स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको छ ।

त्यस्तै उनका अनुसार विद्यालयस्तरका यस्ता अभियानहरुले रोग पहिचान,उपचारमा सहजता र समुदायमा कुष्ठरोगबारेका भ्रम हटाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]