
Gsb
Rks
Rsb
Csb
Ppu
Bsn
Ssb
Ssb
Usb
Nsb
Ksb
Tgp
Ksb
Ksb

Ssb
Tsb
Gsb
Usb
Hl1

Nps
Rgu
ptl
काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ४,लक्ष्मीपुरमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बुधबार आज दिउँसो मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको नाप्र १–०२ –००२ ख ४११ ट्रक र विपरीत दिशाबाट आएका नाप्र२–०१–००१ प २१४२ र मप्र०२–००६ प ५८४१ को दुईवटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय डकाहाको प्रमुख प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिइन् ।
त्यस्तै दुर्घटनामा दुधौली नगरपालिका–११,टाडीका ३४ वर्षीय रामकुमार कुमर र सोही क्षेत्रका २५ वर्षीय फुलबाबु धामीको दुधौली नगर अस्पताल सिर्थौलीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक खड्काको अनुसार दुधौली–३,का २६ वर्षीय विप्लव धामी, सोही ठाउका २७ वर्षीय बुद्धि थारु,२५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी रहेका छन् । तीमध्ये विप्लव,बुद्धि र कुशेको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
धनकुटा जिल्ला छथर जोरपाटी गाउँपालिका–६,का २५ वर्षीय शेरबहादुर विष्टले चलाएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थल नजिकै आगलागी समेत भएको प्रहरीले जनाएको छ ।
मप्र०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा लागेको आगोका कारण सो सवारी पूर्णरूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनापछि ट्रक र चालक प्रहरी नियन्त्रणमा लिइएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
