
Ssb
Ssb
Usb
Ksb
Bsn
Ksb
Nsb
Gsb
Ppu
Rsb
Rks
Tgp
Ksb
Csb

Tsb
Ssb
Usb
Hl1
Gsb

Rgu
ptl
Nps
काठमाडौं । कैलालीको धनगढी स्थित उत्तरबेहडीबाट करिब १ करोड बराबरका भन्सार छलीका समान बरामद भएका छन् ।
भन्सार छलीका उक्त सामानसहित २ जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर –४ उत्तरबेहडी इलाकाबाट मंगलबार ९५ लाख ५ सय ५० रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित दुई जनालाई पक्राउ गरिएको हो ।
त्यस्तै नियन्त्रणमा लिइएकाहरु सोही उपमहानगरपालिका -१९,खेदा बस्ने ३३ वर्षीय सन्तोष चौधरी र शिव पार्वती ट्रेड एण्ड सप्लायर्सका संचालक भारत घर बताउने २५ वर्षीय आसुतोष कुमार गुप्ता छन् ।
यस्तै चौधरीले सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार रुपैयाँ बराबरको मोवाइलका पार्ट्ससहित उनलाई सुदूरपश्चिम प्रदेश एपीएफ इन्टेलिजेन्स व्यरोको सूचनाको आधारमा सशस्त्रको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नियन्त्रणमा लिएको हो ।
त्यस्तै चौधरीले भातरबाट अवैध रुपले ल्याएको मोवाइलका पार्ट्स सोही ठाउँमा रहेको शिव पार्वती ट्रेड एण्ड सप्लायर्समा दिने गरेको बताएका थिए । सो पश्चात प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार ५ सय ५० रुपैयाँ बराबरको मोवाइल पार्ट्सहित सप्लायर्सका संचालक आसुतोष कुमार गुप्तालाई समेत नियन्त्रणमा लिएको सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले बताए ।
