
lnp
Rgp
Pbu
Asb
ksb
Sgp
Rgp
Lnp
Jns
Lks
Ggp
Dus
Usb
Rgp
Ggp
Dbs
Rgp


दाङ । लमहीमा एक सय,५० गाईको व्यवस्थापन र संरक्षण गर्न श्रीमद भागवत ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ६,खैरीमा मंगलबारबाट महायज्ञ सुरु भएको हो । यहाँ एक सय ५० गाई पालिएका छन् । घाँस,पराल र पानीको अभावमा गाईहरु रहेपछी तिनको व्यवस्थापन गर्न समुदायको अग्रसरतामा महायज्ञ आयोजना गरिएको छ ।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले महायज्ञको उद्घाटन गरेका छन् । उनले गौ संरक्षणमा समुदायको सक्रियता अपरिहार्य रुपमा चाहिने बताए ।‘गौ माताको संरक्षणबाटनै समाजमा सकारात्मक ज्ञान र चिन्तन बढाउन सकिन्छ’उनले भने,‘अहिले गाई संरक्षण नगर्ने, छाडा छोड्ने प्रवृत्ति हावि छ । यसलाई रोक्न जरुरी छ । गाई संरक्षणकालागि व्यवस्थित गौशालाहरु बन्नुपर्छ, यसमा समुदायको सक्रियतानै बलियो आधार हो ।’
गौशाला व्यवस्थापन संस्थाका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले गौ संरक्षणकालागि स्थानीय सरकारले सबैखालको प्रयत्न गरिरहेको जानकारी दिए । गौशाला व्यवस्थापनकालागि चाहिने पूर्वाधार,आहारा र पानीकालागि समेत स्थानीय सरकारले सहयोग गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।
त्यस्तै उपप्रमुख लक्ष्मी योगीले गौशालालाई व्यस्थीत गरेर त्यसबाट आम्दानी लिन सक्नेगरी योजना बनाउनुपर्नेमा जोड दिइन् । सो अवसरमा आदर्श नमुना माध्यमिक विद्यालय देउपुरका प्रधानाध्यापक कुलचन्द्र पौडेल,समाजसेवी शेषदत्त चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गौ संरक्षण समितिका सचिव शिवलाल पन्थीले विषयप्रवेश गरेको कार्यक्रममा ज्ञानप्रसाद चौधरीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण अनुप बुढा मगरले गरेका थिए । महायज्ञमा प्रमुख कथाबाचकको रुपमा पण्डित विष्णु वल्भाचार्य रहेका छन् ।
